कम्बोडियाबाट लुटिएको हिन्दू देवता शिवको कांस्य मूर्ति सहित अन्य मूर्ति अमेरिकाले फिर्ता गर्यो ,भारतीय मूलका कपुरलाई अवैध तस्करीको आरोप

इनेप्लिज २०८१ वैशाख १५ गते १५:३२ मा प्रकाशित

कम्बोडियाबाट लुटिएको हिन्दू देवता शिवको कांस्य मूर्ति सहित अन्य मूर्तिहरु अमेरिकाले फिर्ता गरेको छ ।

न्यूयोर्क जिल्ला अधिवक्ताले दुई प्रख्यात कला व्यापारीहरूलाई ३ मिलियन (३० लाख डलर )बराबर मूल्यको पुरातन वस्तुहरूको अवैध तस्करीको आरोप लगाएका छन् ।

न्यूयोर्क शहरका अभियोजकहरूका अनुसार उनीहरूले कम्बोडिया र इन्डोनेसियाबाट लुटिएका ३० पुरातात्विक वस्तुहरू फिर्ता गरेका छन् ।

अमेरिकी पुरातात्विक वस्तु व्यापारी र तस्करहरूको संजालद्वारा लुटिएका, बेचिएका वा अवैध रूपमा हस्तान्तरण गरिएका मूर्तिहरु फिर्ता गरिएको अल जजिरा अमेरिकाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पुरातन वस्तुहरूको कुल मूल्य ३० मिलियन डलर रहेको बताए ।

कम्बोडियाबाट लुटिएको हिन्दू देवता शिवको कांस्य मूर्ति र मजपाहितका दुई शाही व्यक्तित्वहरूको ढुङ्गाका मूर्ति सहित हालैका दुईवटा स्वदेश फिर्ता समारोहहरूमा उनले नोम पेन्हमा २७ वटा र जकार्तामा तीनवटा फिर्ता गरेको ब्रागले बताए। १३ औं र १६ औं शताब्दीको बीचमा शासन गर्ने साम्राज्यका समयका मूर्तिहरि इन्डोनेसियाबाट चोरी भएका थिए ।

ब्रागले अमेरिकी कला व्यापारी सुभाष कपूर र न्यान्सी विनरलाई पुरातन वस्तुहरूको अवैध तस्करीमा संलग्न भएको आरोप लगाए।

एक दशकभन्दा बढी समयदेखि यसको अनुसन्धान गरिएको थियो । कपूरलाई सन् २०११ मा जर्मनीमा गिरफ्तार गरिएको र त्यसपछि भारत पठाइएको थियो । नोभेम्बर २०२२ मा उनलाई १३ वर्षको कारागार सजाय सुनाइयो।

प्रतिक्रिया