टेक्ससको सान एन्टोनियोमा गोली चल्दा हुँदा ३ बालबालिका तथा २ वयस्कको अवस्था गम्भीर

इनेप्लिज २०८१ वैशाख २७ गते ११:१६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियोमा गोली चल्दा हुँदा ३ बालबालिका तथा २ वयस्कको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक रहेको छ ।

गत बुधबार राति सान एन्टोनियोमा रहेको एक निवासमा १० वर्ष मुनिका तीन बालबालिका सहित पाँच जनालाई गोली हानिएको थियो । प्रहरी अधिकारीहरूले यसलाई लक्षित गोलाबारी भएको विश्वास लिएका छन् ।

बेक्सार काउन्टी शेरिफ जेभियर सालाजारले पत्रकार सम्मेलनमा दुई वयस्क र तीन बच्चाहरूको अवस्था गम्भीर रहेको बताए ।

टेक्ससको स्थानीय समय बेलुका करिब ७:४० बजे गोली चलेको बारेमा प्रहरीहरुलाई बोलाईएको सालाजारले भने। प्रहरीहरु त्यहाँ निवासमा पुग्दा पाँच जनालाई गोली लागेको अवस्थामा भेटिएको थियो । अधिकारीहरुका अनुसार सबैभन्दा कान्छो पीडित ४ वर्षका छन्।

पाँच जना घाइतेहरूलाई गम्भीर अवस्थामा सान एन्टोनियो सैनिक अस्पताल लगिएको थियो । दुई संदिग्धहरूले गाडीमा लागे र उनीहरुले अर्ध-स्वचालित राइफलहरू प्रयोग गरेर २०-२५ वटा गोली हानेको सालाजारले भने। संदिग्धहरु घटनास्थलबाट फरार भएका छन् ।

हालसम्म प्राप्त जानकारीका आधारमा सलाजारले संदिग्ध र पीडित एकअर्कालाई चिनेको हुन् सक्ने बताए । घटनास्थलमा अज्ञात रहेका संदिग्धहरूले प्रयोग गरेको कुनै हतियार भेटिएन। घटनाको अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया