बाइडेनले इजरायललाई रफाहमा ठूलो आक्रमण गरेमा बम र तोपखाना पठाउन बन्द गर्ने चेतावनी

इनेप्लिज २०८१ वैशाख २७ गते १०:२२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई रफाहमा ठूलो आक्रमण गरेमा बम र तोपखाना पठाउन बन्द गर्ने बताएका छन्।

बाइडेनले बुधबार पहिलो पटक उनले इजरायलमा अमेरिकी हतियारको केही ढुवानी रोक्ने बताए । उनले गाजामा नागरिकहरू मार्न प्रयोग गरिएको स्वीकार गरे ।

“गाजामा ती बमहरूद्वारा सर्वसाधारण मारिएका छन्,” बाइडेनले सिएनएनका एरिन बर्नेटलाई एक विशेष अन्तर्वार्तामा भने। अन्तर्वार्ता कै क्रममा यदि हतियारहरु रफाहमा गए भने म ती हतियारहरू आपूर्ति गर्ने छैन ,उनले भने ।

सिएनएनका अनुसार राष्ट्रपति गाजामा मानवीय संकटको बीचमा हतियारको ढुवानी सीमित गर्न आफ्नै दलका सदस्यहरू सहित ठूलो दबाबमा आएका छन्।

दक्षिणी गाजाको सहरमा दश लाखभन्दा बढी प्यालेस्टाइनीहरूले शरण लिएका छन्।

मङ्गलबारदेखि रफाहमा महिला र बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको रफाहस्थित अल कुवेती अस्पतालका प्रवक्ताले एबीसी न्यूजलाई बताए। हमासद्वारा संचालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा समग्रमा ३३,००० भन्दा बढीको मृत्यु भएको छ।

प्रतिक्रिया