न्यूयोर्कमा डेल्टा विमानको आपतकालीन चिप्लेटी (स्लाइड) उडानको क्रममा खसे पछि विमानस्थलमा फर्कन बाध्य

इनेप्लिज २०८१ वैशाख १५ गते ०:१७ मा प्रकाशित

न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा विमानको आपतकालीन चिप्लेटी (स्लाइड) उडानको क्रममा खसे पछि विमानस्थलमा फर्कन बाध्य भएको एबिसीन्यूजले जनाएको छ ।

आपतकालीन चिप्लेटी कहाँ खस्यो भन्दै बिमानसेवा यसमा काम गरिरहेको छ । न्यूयोर्कमा अप्रिल २६ शुक्रबारका दिन उडान भरेको केही समयपछि डेल्टा यात्रुवाहक बिमानबाट आपतकालीन चिप्लेटी (स्लाइड )खसे पछि बिमानचालकहरूलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा फर्कन बाध्य तुल्याएको अधिकारीहरूले बताए ।

न्युयोर्कबाट लस एन्जलसका लागि डेल्टा एयर लाइन्स उडान ५२० का बिमानचालकहरूले उडान भरेको केही समय पछि कम्पन आएको खबर गरेको संघीय उड्डयन प्रशासनले जनाएको छ ।

एफएएका अनुसार लगभग ३३ मिनेट हावामा बिताएपछि विमान ८:३५ बजे जेएफके फर्किएको थियो । निरीक्षण पछि बिमान चालक दलहरूले बोइङ ७६७ को एक निकासबाट आपतकालीन चिप्लेटी विमानबाट अलग भएको निर्धारण गरेको डेल्टाले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

३३ वर्ष पुरानो विमानलाई सेवाबाट हटाइयो र यात्रुहरूलाई लस एन्जलसको अर्को उडानमा राखिएको एफएएले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया