अमेरिकाको ओक्लाहोमा घुम्रपात ( टोर्नाडो) को कारण १ जनाको मृत्यु तथा कैयौ घाइते ;१० करोड मानिसहरू आँधी/हुन्डरीको प्रभावमा

इनेप्लिज २०८१ वैशाख २५ गते १०:४४ मा प्रकाशित

अमेरिकाको ओक्लाहो राज्यमा आएको घुम्रपात ( टोर्नाडो) को कारण १ जनाको मृत्यु भएको छ भने कैयौ घाइते भएको सिएनएनले जनाएको छ । साथै मंगलबार पूर्वीय क्षेत्रमा १० करोड मानिसहरू आँधी/हुन्डरीको प्रभावमा पर्ने चेतावनी जारी गरिएको छ ।

ओक्लाहोमाको ओसेज काउन्टीमा सोमबार राति आएको खतरनाक घुम्रपात ( टोर्नाडो) कारण कम्तिमा एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार घुम्रपातबाट बार्टलेस्भिल र बर्न्सडाल बीच धेरै क्षति भएको छ भने धेरै घरहरू क्षतिग्रस्त भएका छन् । हामीले एक जनाको मृत्यु भएको पुष्टि गरेका छौ र धेरै जना चोटपटक पाएका छौं, “ओसेज काउन्टी शेरिफ एडी विर्डेनले सिएनएन सम्बद्ध केओकेआईसँगको अन्तर्वार्तामा भने।

मध्य अमेरिकाका केही भागहरूमा भारी आँधीबेरी,हावाहुरी, ठूलो असिना र भारी वर्षा ल्याउने छ ।

टेक्सस देखि पेन्सिलभेनिया सम्म लगभग १०० मिलियन(१० करोड) मानिसहरू गम्भीर आँधीको खतरामा भएको सिएनएनले उल्लेख गरेको छ ।

ओसेज काउन्टी ओक्लाहोमामा आँधीबेरीले ग्यास चुहावट भएको र दर्जनौं घरहरूलाई क्षति पुर्‍याएको छ ओक्लाहोमा आपतकालीन व्यवस्थापन विभागले बताएको छ ।

त्यस्तै बर्न्सडाल शहरमा, धेरै सडकहरू खसेको भग्नावशेषका कारण बन्द गरिएको छ। आपतकालीन टोलीहरूले बासिन्दाहरूलाई बाहिर निकाल्न र उद्धार गर्न काम गरिरहेका छन्, विभागले एक विज्ञप्तिमा जनाएको छ । त्यहाँ १०० भन्दा बढी उच्च हावाहरु आएको थियो ।

अहिलेसम्म त्यहाँ ७० भन्दा बढी ठूला असिनाहरु परेको खबर प्राप्त भएका छन् । ४ इन्च सम्मको असिना परेको छ । ओक्लाहोमा, अर्कान्सास, मिजौरी , आयोवा र इलिनोइका केही भागहरूमा यस समयमा ७० लाख भन्दा बढी मानिसहरू घुम्रपातको चेतवानीमा छन्।

प्रतिक्रिया