अमेरिकाको मिनेसोटा राज्यमा मध्यरातमा घुम्ती घर विस्फोट हुँदा २ जना सहित कुकुरको पनि मृत्यु

इनेप्लिज २०८१ वैशाख २६ गते ११:३१ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यमा मध्यरातमा घुम्ती घर ( मोबाइल होम ) विस्फोट हुँदा २ जना सहित कुकुरको पनि मृत्यु भएको छ । मध्यरातमा घरमा रहेको घुम्ती घरमा बिस्फोट हुँदा दुई जना र उनीहरुको कुकुरको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिनेसोटा राज्यको मिनियापोलिस शहरबाट करिब ८० माईल उत्तरमा रहेको मिल ल्याक्स काउन्टीको ८५ औं मार्गको ८२०० भवन समूहमा बिहान ३:५४ बजे विस्फोट भएको थियो । मिल ल्याक्स काउन्टी शेरिफको कार्यालयका अधिकारीहरूले विस्फोटको खबर थुप्रै जनाले गरेको बताएको छ ।

प्रहरीहरुले विस्फोटबाट ठूलो भग्नावशेष क्षेत्र फेला पारेका र त्यस समयमा अझै आगो बलिरहेको बताए ।

उक्त क्षेत्रका धेरै दमकल विभागहरूको सहयोगमा आगो निभाइएको मिले ल्याक्स काउन्टी शेरिफको कार्यालयले जनाएको छ । पहिलो प्रतिक्रियाकर्ताहरूले खोजी गर्दा दुई जना पीडितहरू भेट्टाएका थिए ।

पीडितहरुमा एक ६० बर्षिय वयस्क पुरुष रोयस एडवर्ड क्रेगर र ६१ वर्षीया महिला क्याथरिन एन क्रेगर भएको पुष्टि भएको छ । दुवै पक्ष घरमा बस्ने र घटनास्थलमा मृत घोषित गरिएको थियो। एउटा पारिवारिक कुकुर पनि भग्नावशेषमा मृत अवस्थामा फेला परेको मिल ल्याक्स काउन्टी शेरिफको कार्यालयले बताएको छ।

विष्फोटबारे अहिले अनुसन्धान जारी छ ।

प्रतिक्रिया