अमेरिकाको मिजौरीमा ७५ वर्षीय बृद्धले अस्पतालमा श्रीमतीको खर्च धान्न नसक्ने भए पछि हत्या गरेको स्वीकार

इनेप्लिज २०८१ वैशाख २५ गते १८:४० मा प्रकाशित

अमेरिकाको मिजौरी राज्यको क्यानसस सिटी( शहर)मा ७५ वर्षीय बृद्धले अस्पतालमा श्रीमतीको खर्च धान्न नसक्ने भए पछि हत्या गरेको स्वीकार गरेका छन ।

सिविएसन्यूजका अनुसार अदालतका कागजातहरूका अभिलेखमा 

 हत्याको अभियोग लगाईएका उनले पत्नीको उनको खर्च बेहोर्न  अर्थातव अस्पतालका बिजक( बिल) हरु तिर्न नसक्ने प्रहरीलाई बताएका छन ।

रोनी विग्स नामक बृद्ध सोमबार दोस्रो श्रेणीको हत्याको आरोपमा आफ्नो पहिलो उपस्थिति देखाए । उनलाई २ लाख ५० हजार डलरको जमानत सहित बिहीबारको लागि सुनुवाई तय गरिएको छ ।

अस्पतालका चिकित्क/ स्वास्थ्यकर्मीहरुले उनको मस्तिष्क मृत भएको निर्धारण गरेका थिए । समाचारका अनुसार  उनकी श्रीमतीको शनिबार निधन भएको हो ।

आक्रमण पछि विग्सले अस्पताल छोडेका थिए र तर उनले हत्या गरेको  कबुल गरे । उनले घाटी थिचेको प्रहरीलाई वताए ।

अदालतको कागजात अनुसारपीडितको घाँटीको बीचमा ताजा घाउ पनि रहेको छ ।

त्यसपछि उनलाई गिरफ्तार गरियो । एक जासूसलाई आफ्नी श्रीमतीलाई चिच्याउनबाट जोगाउनको लागि नाक र मुख छोपेको बताए । उनले आफू निराश भएको र खर्च बेहोर्न  नसक्ने बताए

उनले आफ्नी श्रीमतीलाई पुनर्स्थापना सुविधामा हुँदा मार्ने प्रयास पनि गरेका थिए ।

प्रतिक्रिया