एएनएमएफद्वारा नेपालका ७ वाट अक्सिजन कारखानामा ६ लाख डलर भन्दा ज्यादाको सहयोग , २८ औँ बार्षिक साधारण सभा शिकागोमा हुदै

इनेप्लिज २०८१ वैशाख १४ गते २३:५१ मा प्रकाशित

मातृभूमिको सेवा गर्ने उद्धेश्यले अमेरिकामा सन् १९९७ मा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ)ले नेपालका ७ वाट अक्सिजन कारखाना(प्लान्ट)मा करिव ६ लाख डलर भन्दा ज्यादा अर्थात् करिव ८ करोडको सहयोग गरेको छ ।

एएनएमएफले जनाए अनुसार अहिले सम्म ६ लाख डलर भन्दा ज्यादा रकम अर्थात् करिव ८ करोड रुपैया नेपालका ७ वटा अक्सिजन कारखाना(प्लान्ट)लाई सहयोग गरेको बताएको छ ।

कोभिडको चरम महामारीमा नेपालमा अत्यधिक रुपमा अक्सिजन सिलिन्डर (ढुङ्ग्रो)को अभाव हुँदा र तत्कालिन समयमा अक्सिजनको ठूलो समस्याको भूमरीमा जकडिएको अवस्थामा एएनएमएफले अभूतपूर्व रुपमा सहयोग गरेको थियो ।

हाल हजारौ ग्यालन अक्सिजन उत्पादन अधिराज्यभरि भै रहेको छन् भने अब भबिश्यमा हुने कुनै पनि अक्सिजनको संकटलाई अब यसले थेग्ने छ। अमेरिकाका बिभिन्न राज्य र शहरहरुमा कार्यरत नेपाली मूलका चिकित्सकहरुले संस्थाको बार्षिक साधारणमा मातृभूमिको सहयोगार्थ हरेक सम्मेलनमा कोष वृद्धि आयोजना गर्दछ । तर कोष रकम संकलन निरन्तर चलि रहेता पनि मुख्य रुपमा बार्षिक सम्मेलनमा यसलाई सशक्त रुपमा सङ्कलन गर्ने गर्दछ ।

यस बर्ष अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ)को २८ औँ बार्षिक साधारण सभा इलोनोइस राज्यको शिकागोमा हुने भएको छ ।

शिकागोमा आगामी जुन ७-९ ,२०२४ सम्म हिल्टन इट रोजमन्ट ,शिकागोमा हुने भएको छ । आयोजकहरुले सहभागी हुन् चाहने सबैलाई दर्ता तथा कोठा आरक्षण(रजिस्ट्रेसन तथा रुम बुक )सुरु भएकोले छिटो दर्ता तथा कोठा लिन आह्वान गरेका छन् ।

केही दिन अगाडी मात्र एएनएमएफले काठमाडौँ स्थित नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर (खुडे तथा जलेकाहरुको उपचार केन्द्र) १ करोड ३० लाख हस्तान्तरण गरेको थियो ।

शिकागोमा ३ दिन सम्म चल्ने कार्यक्रम मध्ये मुख्य जुन ८ शनिबारका दिन दिनभरी थुप्रै कार्यक्रमहरु हुनेछन् । जुन ७ का दिन अतिथि/सहभागीहरुलाई स्वागत गरिने छ भने जुन ९ आइतबारका दिन समितिको बिहान बैठक हुने र सम्मेलनको समापन हुनेछ ।

बिस्तृत जानकारी लिन [email protected].मा सम्पर्क गर्न सकिनेछ ।

दर्ता गर्न र बिस्तृत जान्न यहाँ थिच्नु होला :https://conference.anmf.org/?fbclid=Iw

प्रतिक्रिया