अमेरिकी सैनिकलाई आपराधिक दुर्व्यवहारको आरोपमा रुसमा पक्राउ

इनेप्लिज २०८१ वैशाख २५ गते ०:२७ मा प्रकाशित

रुसमा आपराधिक दुर्व्यवहारको आरोपमा अमेरिकी सेना पक्राउ परेका छन् ।

सैनिकलाई गत बिहीबार मे २ मा पक्राउ गरिएको हो ।

रुसको भ्लादिभोस्तोकमा बिहीबार एक अमेरिकी सैनिकलाई आपराधिक दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको अमेरिकी सेनाले जनाएको छ ।

सेनाका प्रवक्ता सिन्थिया ओ. स्मिथले एबीसी न्यूजलाई भनिन्, “रूसी संघले वाणिज्यदूत (कन्सुलर )सम्बन्धमा भियना महासभा बमोजिम आपराधिक हिरासतको अमेरिकी विभागलाई सूचित गर्यो।”

सेनाले उनको परिवारलाई सूचित गरेको छ भने अमेरिकी विदेश विभागले रुसमा सैनिकलाई उपयुक्त वाणिज्यदूत सहयोग प्रदान गरिरहेको छ।

दुई अमेरिकी अधिकारीहरूका अनुसार सैनिक गोर्डन ब्ल्याकलाई दक्षिण कोरियामा राखिएको थियो तर अस्थायी बिदामा थिए । उनलाई दक्षिण कोरियाबाट टेक्ससमा स्थानान्तरण गरिदै थियो । तर आफ्नो बिदाको क्रममा सिपाहीले आफ्नै इच्छाले छोडेका थिए । रूस जाने कुनै पनि प्रकारको अनुमति नदिएको दुई अधिकारीहरूले एबिसीन्यूजलाई बताए ।

भ्लादिभोस्तोक उत्तर कोरिया र चीनसँगको देशको सिमाना नजिकैको दक्षिणपूर्वी रूसको बन्दरगाह शहर हो।

विदेश विभागका एक अधिकारीका अनुसार सिपाहीलाई जुलाई १ सम्म हिरासतमा राखिएको छ, तर यो लम्बिने सम्भावना रहेको एबिसीन्यूजले जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सोमबार दिउँसो रुसमा एक अमेरिकी सैनिकलाई हिरासतमा राखिएको बारेमा ह्वाइट हाउसलाई जानकारी भएको बताए ।

प्रतिक्रिया