अमेरिकी प्रतिनिधि सभाले महिनौ महिनासम्म कठिन ,जटिल र संसदमा अडिएर रहेको युक्रेनी सहायता बिधेयक पारित , जेलेन्स्कीद्वारा हार्दिक कृतज्ञता

इनेप्लिज २०८१ वैशाख ८ गते १९:३२ मा प्रकाशित

अमेरिकी प्रतिनिधि सभाले महिनौ महिनासम्म कठिन ,जटिल र संसदमा अडिएर रहेको युक्रेनी सहायता बिधेयक पारित गरेको छ । अर्थात् अमेरिकी तल्लो सदनले युक्रेन सहायता विधेयक पारित गरेको छ ।

सदनले युक्रेन सुरक्षा पूरक विनियोजन ऐन ३११- ११२ मतबाट पारित गरेको छ । मतदानको क्रममा डेमोक्र्याटहरूले हर्षोल्लास गर्दै युक्रेनी झण्डा फहराए।

९५ बिलियन डलरको संपुष्टि (प्याकेज)मा युक्रेन र क्षेत्रीय साझेदारहरूको लागि ६१ बिलियन डलर समावेश छ।

एउटा बिधेयकले युक्रेन र यस क्षेत्रका अरूलाई रुससँग लड्न मद्दत गर्न लगभग ६१ बिलियन प्रदान गर्नेछ । त्यो कुल मध्ये लगभग २३ बिलियन डलर अमेरिकी हतियार, भण्डार र सुविधाहरू भर्न प्रयोग गरिने छ । ११ बिलियन भन्दा बढी यस क्षेत्रमा हालको अमेरिकी सैन्य संचालन कोषहरु हुनेछ।

बिधेयकमा समावेश लगभग १४ बिलियन डलरले युक्रेनलाई उन्नत हतियार प्रणाली र अन्य रक्षा उपकरणहरू किन्न मद्दत गर्नेछ।

डेमोक्र्याटहरू सर्वसम्मत भएका थिए भने रिपब्लिकनहरू विभाजित भएका थिए । तल्लो सदनका रिपब्लिकन नेतृत्व मध्ये, ह्विप टम एमर, अध्यक्ष माइक जोन्सन र बहुमत नेता स्टीभ स्केलिसले युक्रेन सहायताको पक्षमा मतदान गरे। जबकि सम्मेलन अध्यक्ष एलिस स्टेफानिकले यसको विपक्षमा मतदान गरे।

यो पारित हुने बित्तिकै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक संजाल एक टिप्पणी प्रक्षण गर्दै युक्रेनलाई सहायता प्रदान गर्ने उपाय पारित गरेकोमा सदनका सांसदहरू प्रति कृतज्ञता ज्ञापन गरे ।

उनले व्यक्तिगत रूपमा सभामुख माइक जोन्सनलाई इतिहासलाई सही मार्गमा राख्ने निर्णयको लागि बिशेष धन्यवाद दिए । “लोकतन्त्र र स्वतन्त्रताको सधैं विश्वव्यापी महत्त्व रहनेछ र जबसम्म अमेरिकाले यसलाई बचाउन मद्दत गर्छ तबसम्म त्यो असफल हुँदैन,” जेलेन्स्कीले आफ्नो टिप्पणीमा उल्लेख गरेका छन् ।

“अमेरिकी तल्लो सदन (हाउस)ले आज पारित गरेको अत्यावश्यक अमेरिकी सहायता बिधेयकले युद्धलाई विस्तार हुनबाट जोगाउनेछ, हजारौं र हजारौंको ज्यान बचाउनेछ, र हाम्रा दुवै राष्ट्रहरूलाई बलियो बन्न मद्दत गर्नेछ।” उनले भने ।

“शान्ति र सुरक्षा बलबाट मात्र प्राप्त गर्न सकिन्छ,” उनले थपे।

प्रतिक्रिया