क्यालिफोर्नियाका ३ जना प्रहरी अधिकारीहरूले हिरासतमा लिएका व्यक्तिको मृत्यु भए पछि उनीहरु बिरुद्ध आरोप

इनेप्लिज २०८१ वैशाख ७ गते ११:३२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियाका राज्यका ३ जना प्रहरी अधिकारीहरूले हिरासतमा लिएका व्यक्तिको मृत्यु भए पछि उनीहरु बिरुद्ध आरोप लगाईएको छ ।

क्यालिफोर्नियाका तीन प्रहरी अधिकारीहरूलाई सन् २०२१ मा उनीहरूको हिरासत(निगरानी)मा एक व्यक्तिको मृत्यु भएकोमा अभियोग लगाइएको अभियोजकहरूले बिहीबार घोषणा गरे ।

जिल्ला वकिलको कार्यालयले २ बर्ष पछि अधिकारीहरु विरुद्ध आपराधिक आरोपहरू ल्याएको हो ।

एरिक म्याककिन्ले, जेम्स फिशर र क्यामरन लेहीलाई अप्रिल १९, २०२१ मा मारियो गोन्जालेज एरेनालेसको मृत्यु भए पछि उनीहरुलाई आरोप लगाईएको छ ।

अलमेडा काउन्टी जिल्ला न्यायधिवक्ता पामेला प्राइसले गत बिहीबार अनैच्छिक हत्याको एक एक गणनाको आरोप लगाइएको घोषणा गरिन ।

प्रतिक्रिया