अमेरिकामा टिकटक प्रतिबन्ध गरिने भनेको के हो ? बाइडेनद्वारा टिकटक प्रतिबन्ध गर्न सकिने बिधेयकमा हस्ताक्षर

इनेप्लिज २०८१ वैशाख २० गते २२:३६ मा प्रकाशित

अमेरिकामा टिकटक प्रतिबन्ध गरिने बिषयमा व्यापक चर्चा परिचर्चाको शिखरमा पुगेको छ । राष्ट्रपति जो बाइडेनले टिकटक प्रतिबन्ध गर्न सकिने बिधेयक समेतमा हस्ताक्षर गरेका छन । हस्ताक्षर हुने बित्तिकै के तपाईले टिकटक प्रयोग गर्न पाउनु हुन्न त ? अवस्य पाउनु हुनेछ । तुरुन्तै प्रतिबन्ध हुदैन ।

त्यसो भए टिकटक प्रतिबन्ध भनेको के हो ? टिकटक अचानक तपाईको संचारथान अर्थात् मोबाइलबाट गायब हुदैन त ? आखिर कुरा के हो । यसरी बुझौ ।

यो प्रतिबन्ध पछि प्रयोग गरिरह्यो भने पनि तपाई कारवाहीमा पर्नु हुदैन । अर्थात् तपाईलाई झ्यालखाना तथा कैद कसैले लादैन । अर्थात् प्रतिबन्ध पछि पनि प्रयोग गर्न सकिने छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहित चिनियाँ स्वामित्वको एप(अनुप्रयोग)लाई प्रतिबन्ध लगाउने वर्षौंको प्रयास पछि यसलाई प्रतिबन्ध गर्न कङ्ग्रेसले अनुमोदन गरेको छ। अमेरिकी प्रतिनिधि सभा र सिनेटले गत शनिबार तथा मंगलबार बिधेयक पारित गरेको छ ।

बेइजिङमा आधारित मूल प्रतिष्ठान (कम्पनी) बाइटडान्सलाई सँस्था बेच्न ९ महिनाको समय दिनेछ । यदि बिक्री हुने भएमा थप ३ महिनाको समय टिकटकले प्राप्त गर्नेछ । एपीका अनुसार यदि त्यसो भएन भने मात्र टिकटक प्रतिबन्धित हुनेछ।

प्रतिबन्ध कहिले प्रभावकारी हुन्छ :

मूल प्रस्तावले बाइटडान्सलाई यसको अमेरिकी सहायक प्रतिष्ठान (कम्पनी)बाट अलग हुनको लागि मात्र छ महिना दिएको थियो, तर वार्ताले यसलाई नौ महिनामा लम्ब्याएको छ । यदि बिक्री पहिले नै प्रगतिमा पथमा छ भने कम्पनीले यसलाई पूरा गर्न थप ३ महिना समय पाउनेछ।

यो प्रतिबन्ध लागू हुनु कम्तिमा एक वर्ष लाग्ने छ । एपी न्यूजका अनुसार सम्भावित अदालती चुनौतीहरूको सामना गर्नु पर्ने समस्या हुन् सक्ने छ । यो अझ लामो हुन् सक्ने छ । एपीका अनुसार टिकटकले विगतमा अदालती चुनौतीहरूको साथ केही सफलता प्राप्त गरेको जनाएको छ । तर यसले संघीय कानूनलाई प्रभावकारी हुनबाट रोक्न कहिल्यै खोजेको छैन।

यदि मैले टिकटक एप (अनुप्रयोग)लाई पहिले नै डाउनलोड (अधोभारण) गरेको छु भने के हुन्छ :

अमेरिकामा टिकटक १७० मिलियन अर्थात् १७ करोड प्रयोगकर्ताहरु रहेका छन । यदि अन्तिम प्रतिबन्ध लागू भए पनि तपाईको फोन( घुम्ती यन्त्र)बाट नहराउने एपीले आफ्नो समाचारमा लेखेको छ ।

यो एप्पल र गुगलको अनुप्रयोग भण्डार (एप स्टोर)बाट हराउने अथवा गायब हुनेछ । जसको मतलब नयाँ प्रयोगकर्ताहरूले यसलाई डाउनलोड (अधोभारण )गर्न सक्ने छैनन्। यसको मतलब टिकटकले अध्यावधिक तथा अन्य चिजहरु पठाउन सक्षम हुने छैन ।

एसोसिएट प्रेसका अनुसार प्रयोगकर्ताहरूले भिपिएन अर्थात् भर्चुअल निजी नेटवर्क (संजाल )प्रयोग गरेर वैकल्पिक अनुप्रयोग भण्डार (एप स्टोर)हरू प्रयोग गर्न वा आफ्नो (घुम्ती यन्त्र )सेलफोनमा विदेशी सिम कार्ड स्थापना गर्न प्रयास गर्न समेत सक्नेछन् ।

प्रतिक्रिया