अमेरिकी सांसदका उम्मेदार एड्रियन आशिष पोखरेलद्वारा अग्रिम रुपमा मतदान गर्न सबै मतदातालाई आग्रह

इनेप्लिज २०८१ वैशाख २० गते २१:४४ मा प्रकाशित

अमेरिकी सांसदका उम्मेदार एड्रियन आशिष पोखरेलद्वारा अग्रिम रुपमा मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन । भर्जिनिया १० निर्वाचन क्षेत्रबाट अमेरिकी प्रतिनिधि सभाको लागि प्राथमिक निर्वाचनको लागि उम्मेदवार भएका पोखरेलले मे ३ ,२०२४ देखि अग्रिम रुपमा मतदान सुरु हुने भएकोले नेपाली समुदायलाई सक्रिय रुपमा सहभागी हुन् आह्वान गरेका छन् ।

भर्जिनिया १० क्षेत्रमा बसोबास गर्ने र मतदान गर्न पाउने सबै नेपाली समुदायलाई मतदान गर्न अनुरोध गरेका छन् । अमेरिकी प्रतिनिधि सभा अर्थात् अमेरिकी सांसदका उम्मेदार नेपाली मूलका एड्रियन आशिष पोखरेल भर्जिनिया १० को निर्वाचन क्षेत्रको लागि प्राथमिक निर्वाचनको मतपत्रमा परेका छन् ।

उनले १,००० जनाको हस्ताक्षर प्रमाणित गर्दै उनको निवेदन मनोनयनको लागि स्वीकृत भएकोले मनोनयन पत्रमा उनको नाम परेको छ । उनले सबैलाई जिताउन समेत अनुरोध गरेका छन् ।

उनि भर्जिनिया जिल्ला १० का उम्मेदार हुन् भने उनले आफ्नो चुनाव अभियानको लागि कार्यालयको उद्घाटन समेत गरेका छन् । उनि नेपाल सुनसरी धरानबाट अमेरिका बसाई सराई गरेका हुन् भने उनि अमेरिकामा सैनिक सेवा ,गुप्तचर सेवा र अमेरिकी राष्ट्रिय सुरक्षा सेवामा काम गरि सकेका छन् ।

उनलाई आर्थिक सहयोग गर्न यहाँ थिच्नु होला :

https://secure.actblue.com/donate/adrian4congress-4

प्रतिक्रिया