पेन्सिल्भेनियाका एक व्यक्तिलाई प्रेमिकाको अपहरण गरि नेभादामा हत्या गरेको अभियोगमा दोषी ठहर

इनेप्लिज २०८१ वैशाख २० गते २३:४५ मा प्रकाशित

पेन्सिल्भेनियाका एक व्यक्तिलाई प्रेमिकाको अपहरण गरेर नेभादाको मरुभूमिमा लगेर हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।

उनले आफ्नी प्रेमिकाको हत्या गरेको अधिकारीहरूले बताए । नेभादाको अमेरिकी जिल्ला अदालतको एक निर्णायक मण्डल(जुरी)ले गत बुधवार ४४ बर्षिय म्याथ्यू च्यापम्यानलाई अपहरणको एक गणनाको लागि दोषी पाएको थियो । उनले अगस्त २ मा हुने सजाय सुनुवाइमा आजीवन कारावासको सामना गरिरहेका छन्।

प्रहरी अधिकारीहरूले महिलाको नाम सार्वजनिक गरेका छैनन् । सेप्टेम्बर २०१९ मा उनको हत्या गरेपछि च्यापम्यानले उनको सामाजिक संजाल सन्देश (फेसबुक मेसेन्जर )खातामा उनी समेत भएको नाटक गरे र उनको निवासमा उनि संगै बसेको बताएका थिए ।

बेथेल पार्क पेन्सिल्भेनियामा महिला छिमेकीहरू उनि प्रति शंकास्पद भए । उनीहरूले महिनौंदेखि महिलाको गाडी देखेनन् तर घर वरपर च्यापम्यानलाई देखेको अभियोजकहरूले भने।

प्रहरीले कल्याणकारी जाँच गर्‍यो । च्यापम्यानको नाम र तस्बिरसहितको परिचय पत्र, पीडितको घुम्तीयन्त्र (सेलफोन) तथा डोरी जस्ता बाध्ने सामग्रीहरु फेला पारिएको प्रहरीहरुले भने।

च्यापम्यानले महिलालाई तस्बिर खिच्नको लागि लस भेगासमा सडक यात्रा गरिरहेको स्वीकार गरे। उनले नेभादाको मरुभूमिमा ल्याएका थिए । उनले पैसाको लागि उनको हत्या स्वीकार गरे।

प्रतिक्रिया