नेपाल रन यूकेको सहयोगमा लण्डन म्याराथन दौड़ीन सार्क स्वर्ण बिजेता नेपाली धावक पार्की यूकेमा

इनेप्लिज २०८१ वैशाख ६ गते २३:५६ मा प्रकाशित

लण्डन — नेपाल रन युकेको निमंत्रणामा आगामी आइतवार हुने बिश्व प्रसिद्ध लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की लन्डन आइपुगेका छन्। नेपाल रनका कोषाध्यक्ष रबिंद्र अधिकारी, बिष्णु देवान लगायतका पदाधिकारीहरुले उनलाई लण्डन हिथ्रो बीमानस्थलमा स्वागत गरेका थिए ।

नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्ने बिजेतालाई उपहार स्वरुप लन्डन म्याराथनका लागि नेपाल रन युकेले लण्डन म्याराथन दौडने स्थान प्रायोजम गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्ने क्लबका कोच सन्तोस राईले बताए। अनुभवी धावक राईले उनको कोचिंगमा सहयोग गरीरहेका छन ।

नेपाल रनले प्रवासमा नेपाली समुदायमा सथै नेपालमा दौड़ संस्कृतिको बिकास साथै संभावना रहेका धावकहरूलाई बिश्वमा प्रतिस्प्रधा गर्न सहयोग गर्ने उद्देश्य अनुरूप गोपीलाई लण्डन म्यारथनको स्थान प्रदान गरेको क्लबका सचिव जगन कार्कीले बताए ।

यसपाली नेपाल रन युकेका ५६ धावकले लन्डन म्याराथन दौडिने भएका छन् । लन्डन म्याराथनमा दौडने क्लबका मेम्बरहरुले विभिन्न च्यारिटी फन्डरेज पनि गरिरहेका छन्। धावक मध्येका सुर्य गुरुङले मिरा राई इनिसिएटिभको लागी £२०,८०१ संकलन गरेर अहिले सम्म लन्डन म्याराथन दौडने नेपाली हरुको फन्डरेज रेकर्ड ब्रेक गरेका छन् ।

भबिस्यमा अझ धेरै प्रतिस्प्रधिलाई सहभागी गाराउन प्रयास गर्ने , नेपाली धावकहरुलाई ट्रेनिंग र रन इभेंटहरुलाई इक्विपमेंट सहयोग गर्दै दौड प्रमोट गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष पाण्डव महतोले बताए ।

नेपाल रन क्लब बेलायतको इंग्लेंड एथलेटिक्समा दर्ता भएको नेपाली धावकहरुको क्लब हो ।

गोपीले १३ औ दक्षिण एसियाली खेलकूद प्रतियोगितामा ५००० मीटर दौड़मा स्वर्ण पदक जीतेका थिए भने गत नोभेम्बरमा सम्पन्न नेपालगंज म्यारथन २ घंटा २१ मीनेट ३९ सेकेंडमा समापन गरेका थिए । उनले क्लबका कोच संतोस राईको सहयोगमा तयारी राम्रो भैरहेकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए ।

प्रतिक्रिया