अश्दोद बन्दरगाह गाजामा पहिलो सहायता ढुवानी गाजा प्रवेश

इनेप्लिज २०८१ वैशाख ६ गते ११:३१ मा प्रकाशित

अश्दोद बन्दरगाह गाजामा पहिलो सहायता ढुवानी गाजा प्रवेश गरेको सिएनएनले जनाएको छ ।

इजरायली सेनाका अनुसार गाजालाई सहायताको पहिलो ढुवानी अश्दोद बन्दरगाहमा बुधबार हस्तान्तरण गरिएको छ ।

इजरायल रक्षा बलका अनुसार विश्व खाद्य कार्यक्रमका आठ वटा मालबाहक (ट्रक)हरू पीठो बोकेका केरेम शालोम नाका हुदै अश्दोदमा निरीक्षण गरेपछि प्रवेश गरेका छन् ।

इजरायलले यस महिनाको सुरुमा बन्दरगाह मार्फत सहायता वितरणको सुविधा दिने आफ्नो निर्णयको घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया