जापानमा शक्तिशाली भूकम्पमा परी ९ जना सामान्य घाइते

इनेप्लिज २०८१ वैशाख ६ गते १०:५० मा प्रकाशित

जापानको दक्षिणपश्चिममा गएको शक्तिशाली भूकम्पमा नौ जना सामान्य घाइते भएका छन् । पानीको नली फुटेको र साना पहिरोजस्ता क्षति पुगेको अधिकारीहरूले बिहीबार बताएका छन्। तर सुनामीको खतरा नभएको अधिकारीले जानकारी गराएका छन् ।

बुधबार अबेर राति ६.६ परिमाण (म्याग्निच्युड)को भूकम्प शिकोकुको दक्षिणपश्चिमी मुख्य टापुको पश्चिमी तटमा केन्द्रित थियो ।

भूकम्प समुद्रको सतहबाट करिब ५० किलोमिटर (३० माइल) तल आएको र सुनामीको खतरा नरहेको जापानी मौसम विज्ञान सँस्था (एजेन्सी)ले जनाएको छ ।

अग्नि तथा प्रकोप व्यवस्थापन संस्थाका अनुसार एहिमे प्रान्तमा छ, छिमेकी कोचीमा एक र क्युशु टापुको ओटामा अन्य दुई जना सामान्य घाइते भएका छन्।

कोची प्रान्तको सुकुमो शहरका धेरै स्थानहरूमा पानीको नाली (पाइप )फुटेको थियो र एहिमे प्रान्तको आइनान शहरमा रहेको बौद्ध मन्दिरमा चिहान ढुङ्गाहरू भत्किएका छन् ।

प्रतिक्रिया