सिडिसीका अनुसार अमेरिकामा गत हप्ता ५,६१५ व्यक्तिहरु कोभिडबाट अस्पताल भर्ना,२३१ जनाको मृत्यु

इनेप्लिज २०८१ वैशाख १८ गते २३:५६ मा प्रकाशित

सिडिसीका अनुसार अमेरिकामा गत हप्ता ५,६१५ व्यक्तिहरु कोभिड -१९ बाट अस्पताल भर्ना भएका छन् ।

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र(सिडिसी)को तथ्याङ्क अनुसार महामारी सुरु भएदेखि साप्ताहिक कोभिड-१९ अस्पताल भर्नाहरू हुनेहरुको संख्या अहिलेसम्मको सबैभन्दा कम स्तरमा पुगेको छ।

उपलब्ध पछिल्लो हप्ताको तथ्यांकमा ५,६१५ कोभिड अस्पताल भर्ना भएका थिए। यसको तुलनामा २०२२ को सुरुमा ओमिक्रोन भेरियन्टको शिखरमा १५०,००० भन्दा बढी साप्ताहिक रुपमा भर्ना भएका थिए।

कोभिड-१९ बाट अस्पतालमा भर्ना हुनु र मृत्युमा उल्लेखनीय गिरावट हुनु अत्यन्तै उत्साहजनक रहेको बोस्टन बाल अस्पतालका प्रमुख नवप्रवर्तन अधिकारी तथा एबीसी न्यूजका चिकित्सा योगदानकर्ता चिकित्सक डा. जोन ब्राउनस्टेनले बताए ।

“नयाँ भिन्न (भेरियन्ट)हरूको लागि निगरानी जारी राख्नु र सम्भावित वृद्धिहरू रोक्न सुरक्षात्मक स्वास्थ्य व्यवहारहरू कायम राख्नु महत्त्वपूर्ण छ,” ब्राउनस्टेनले भने ।

सिडिसीका तथ्याँक अनुसार लगभग २२.६ वयस्कहरू र १४ % बालबालिकाहरूले अद्यावधिक गरिएको कोभिडको खोप प्राप्त गरेका छन्, जुन हालको उप भिन्न (सब भ्यारिएन्ट )विरुद्ध राम्रोसँग सुरक्षा गर्न तयार गरिएको छ ।

सिडिसीका अनुसार ६५ वर्ष भन्दा माथिका वयस्कहरूलाई यो वसन्तमा तिनीहरूको गम्भीर रोगको बढ्दो जोखिमको कारण थप अद्यावधिक गरिएको कोभिड खोप लिन सिफारिस गरिएको छ ।

यस वर्ष कोभिडबाट हुने मृत्यु पनि लगातार घट्दै गएको छ। मृत्यु संख्या न्यून पुगेको छ। सिडिसीका अनुसार उपलब्ध पछिल्लो हप्ताको तथ्यांकमा कोभिड -१९ बाट २३१ जनाको मृत्यु भएको अनुमान गरिएको छ।

महामारीको चरम बिन्दु डेल्टा भेरियन्टले देशभर फैलिँदा हप्तामा २५,००० भन्दा बढी अमेरिकीहरूको कोभिडबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया