अमेरिकामा इजरायल-हमास युद्धको विरोध प्रदर्शनमा १ हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार

इनेप्लिज २०८१ वैशाख १८ गते २२:३९ मा प्रकाशित

अमेरिकामा इजरायल-हमास युद्धको विरोध प्रदर्शनमा अमेरिकाको बिभिन्न बिश्वबिधालय/महा बिधालयबाट १ हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार गरिएको सिएनएनले जनाएको छ । आज मंगलबार बिरोध प्रदर्शन दोश्रो हप्तामा प्रवेश गरेको छ ।

धेरै विश्वविद्यालयहरू वसन्त ऋतुको त्रैमासिक परीक्षाहरुको प्रतिक्षामा रहेका छन् भने आगामी हप्ताहरूमा स्नातक (ग्राजुएसन)समारोहको लागि तयारी गरि रहेका छन् ।

सिएनएनका आनुसार कम्तिमा ३६ जना प्रदर्शनकारीहरूलाई मंगलबार बिहान विश्वविद्यालयको नर्थ क्यारोलाइनाको च्यापल हिलमा हिरासतमा लिइएको छ ।

प्रदर्शनकारीहरू मध्ये छ जनालाई गिरफ्तार गरी ओरेन्ज काउन्टी मजिस्ट्रेट कार्यालय लगिएको छ भने उनीहरूलाई अतिक्रमणको आरोप लगाइएको विश्वविद्यालयले बताएको छ । उनीहरुलाई पछि हाजिर हुने लिखित वाचा गरे पछि रिहा गरिएको छ ।

छ मध्ये तीन यूएनसी विद्यार्थी हुन् भने अन्य तीन जना विद्यालयसँग सम्बद्ध नभएको सिएनएनले उल्लेख गरेको छ ।

विश्वविद्यालयका अनुसार अन्य ३० जना प्रदर्शनकारीहरूलाई अतिक्रमणको आरोप लगाईएको र पछि रिहा गरिएको छ । तेह्र जना युएनसि विद्यार्थी थिए रभने १७ विश्वविद्यालयसँग सम्बद्ध थिएनन ।

त्यस्तै मंगलबार दिउँसो फ्लोरिडा स्टेट युनिभर्सिटीको हाता भित्र भएको प्रदर्शनको क्रममा पाँच जनालाई पक्राउ गरिएको छ । पाँच जना मध्ये दुई जना हाल एफएसयुका विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

टेक्सस-अस्टिन बिश्वबिद्यालयमा सोमबार भएको विरोध प्रदर्शनमा झण्डै ८० जनालाई गिरफ्तार गरिएको छ भने भर्जिनियाको विरोध शिविरमा सोमबार ८२ जनालाई पनि पक्राउ गरिएको छ।

प्रतिक्रिया