फ्लोरिडाका ३ वर्षीय बालकले आफ्नै आमाको बन्दुकले खुट्टामा आफै गोली हाने ,आमा पक्राउ

इनेप्लिज २०८१ वैशाख १८ गते २२:०८ मा प्रकाशित

फ्लोरिडाका एक बालकले आफ्नै आमाको बन्दुकले खुट्टामा आफै गोली हाने पछि आमालाई पक्राउ गरिएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यमा एक ३ वर्षीय बालकले आफ्नी आमा जो मायामी-डेड काउन्टी विधालयकी एक प्रहरी अधिकारी हुन , आमाकै बन्दुक फेला पारेपछि अकस्मात रुपमा खुट्टामा गोली हानेको एनविसिन्यूजले जनाएको छ ।

मायामीबाट करिब ४० माईल दक्षिणपश्चिममा रहेको होमस्टेडका प्रहरी अधिकारीहरूलाई आइतवार दिउँसो एक निवासमा बोलाइको थियो । बच्चालाई आफैले बन्दुकको गोली लागि चोट लागेको अवस्थामा प्रहरीले भेट्टाएका थिए ।

आमाले खाना बनाउँदै गर्दा बालकले आफैंलाई गोली हानेको प्रहरीले बताए । बच्चालाई अस्पताल लगिएको छ भने उनको अवस्था स्थिर रहेको छ ।

प्रहरीले आमा स्टेफनी जेरेजलाई हिरासतमा लिइएको बताएको छ । शारीरिक हानिको साथै बच्चालाई बेवास्ता गरेकोमा आमालाई आरोप लगाइएको होमस्टेड प्रहरीले बताएको छ ।

प्रतिक्रिया