माथिल्लो न्यूयोर्कको एक उद्यानबाट ९ वर्षीया बालिकालाई अपहरणको साथै यौनदुर्ब्यबहार गरेको अभियोगमा एक व्यक्तिलाई ४७ वर्षको कारागार सजाय

इनेप्लिज २०८१ वैशाख ५ गते २३:३८ मा प्रकाशित

माथिल्लो न्यूयोर्कको एक उद्यानबाट ९ वर्षीया बालिकालाई अपहरणको साथै यौनदुर्ब्यबहार गरेको अभियोगमा एक व्यक्तिलाई ४७ वर्षको कारागार सजाय सुनाईएको छ ।

गत वर्ष माथिल्लो न्युयोर्कको एक राज्यद्वारा संचालित पार्क (उद्यान )बाट बेपत्ता भएकी ९ वर्षीया बालिकालाई अपहरण गरी यौन दुर्ब्यबहार गरेको अभियोगमा एक व्यक्तिलाई बुधबार ४७ वर्षको जेल कारागार सुनाइएको छ ।

क्रेग एन. रस जुनियरले गत सेप्टेम्बरमा बालिकालाई अल्बानीबाट ३५ माईल (६० किलोमिटर) उत्तरमा रहेको ग्रामीण क्षेत्र मोराउ निकुञ्जको शिविरबाट लिएर गएको फेब्रुअरीमा दोषी स्वीकार गरेका थिए । बेपत्ता भए पछि ४८ घण्टा सम्म खोजी गरिएको र उनलाई जीवितै भेटिएको थियो ।

साराटोगा काउन्टीका सहायक जिल्ला न्यायधिवक्ता जेनिफर एल. बक्लेले अदालतमा पढेको बयानमा उपस्थित नभएकी बालिकाले भनिन्, “तिम्रो कारणले गर्दा म राती सुत्न सक्दिनँ। र ,अब तिमीलाई ४७ वर्ष कैद हुनेछ।”

४७ वर्षीय रसलाई अदालतको कोठामा प्रवेश गर्दा हथकडी लगाईएको थियो । सजायको अवधिभर थोरै भावनात्मक देखिए र उनले बोल्न अस्वीकार गरेको एबिसीन्यूजले जनाएको छ ।

बालिका हराउँदा एक सयभन्दा बढी मानिसले उनको खोजी गरेका थिए । प्रहरीले अन्ततः१९९९ मा मादक पदार्थ सेवन गर्दा उनि प्रहरीको तथ्यांक सूचीमा थिए।

साराटोगा काउन्टी जिल्ला न्यायधिवक्ता करेन हेगेनले सुनुवाइपछि सजाय सुनाएकोमा आफू खुसी भएको पत्रकारहरूलाई बताइन्।

प्रतिक्रिया