अमेरिकी सिनेटद्वारा होमल्याण्ड सुरक्षा सचिव लेजान्ड्रो मेयोर्कास विरुद्धको महाभियोगलाई “असंवैधानिक” भन्दै खारेज

इनेप्लिज २०८१ वैशाख ५ गते २२:३५ मा प्रकाशित

अमेरिकी सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा नियुक्त भएका होमल्याण्ड सुरक्षा सचिव लेजान्ड्रो मेयोर्कास विरुद्धको महाभियोगलाई “असंवैधानिक” भन्दै खारेज गरि दिएको छ ।

सिनेटले मेयोर्कासको महाभियोग सुनुवाईमा प्रस्तावित दुवै धारा ‘असंवैधानिक’ भन्दै तुहाई दिएको छ । सिनेटले अप्रिल १७ बुधवार होमल्याण्ड सेक्युरिटी सेक्रेटरी (सहिव)अलेजान्ड्रो मेयोर्कास विरुद्धको महाभियोगका धारा/दफा लाई “असंवैधानिक” भनी खारेज गरेको छ।

अध्यागमन नीति र दक्षिणी सीमानाको बिषयलाई लिएर रिपब्लिकनले लामो समय देखि आलोचना गर्दै आएको उनलाई तारो बनाईएको थियो । मेयोर्कास विरुद्धको मुद्दा सिनेटरहरूको छलफल तीन घण्टासम्म चलेको एबिसीन्यूजले बताएको छ । धारा/दफा रद्ध गर्ने र मुद्धालाई स्थगित गर्ने पक्षमा ५१-४९ मत परेको थियो ।

मतदान पछि सिनेट बहुमत नेता चक शुमरले बोलेका थिए । झण्डै १५० वर्षमा पहिलो पटक महाभियोग लगाइएका मन्त्रीमंडल (क्याबिनेट) सचिवले दुवै आरोपलाई “निराधार” र “राजनीतिक रूपमा प्रेरित” भने।

प्रतिक्रिया