अध्यावधिक गरिएको : नर्थक्यारोलाइनाको शार्लोटमा गोलाबारी हुँदा ३ जना प्रहरीको मृत्यु ,५ जना अन्य प्रहरी अधिकारी घाइते ,संदिग्धको मृत्यु

इनेप्लिज २०८१ वैशाख १७ गते २२:३४ मा प्रकाशित

अध्यावधिक गरिएको : पछिल्लो जानकारी अनुसार अमेरिकाको नर्थक्यारोलाइना राज्यको शार्लोटमा गोलाबारी हुँदा ३ जना प्रहरीको मृत्यु भएको ५ जना अन्य प्रहरी अधिकारी घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरीले भर्खर दिएको जानकारी अनुसार कुल ८ जना प्रहरी अधिकारीहरूलाई गोली हानिएको थियो । शार्लोटमा सोमबार दिउँसो भएको गोलीकाण्डमा तीन कानून प्रवर्तन अधिकारी(प्रहरीहरु)को मृत्यु हुनुको साथै अन्य पाँच जना घाइते भएको प्रहरीले पुष्टी गरेको छन् ।

हालसम्म पहिचान नखुलेको संदिग्धको पनि झडपमा मृत्यु भएको छ ।

मृतक तीनै प्रहरी अधिकारीले अमेरिकी मार्शल टास्क फोर्स(कार्यबल)मा सेवा गरेका थिए। पाँच घाइते मध्ये एक जना अमेरिकी मार्शल छन् भने अन्य चार जना शार्लोट-मेक्लेनबर्ग प्रहरी विभागमा कार्यरत रहेको प्रमुख जोनी जेनिङ्सले सोमबार साँझ पत्रकार सम्मेलनमा भने।

एकजना अधिकारीको अवस्था गम्भीर रहेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया