भर्जिनियामा नेपाल आइडलका रवि ओडको बेजोड प्रस्तुति ,साथमा देउडा गायक शंकर सिंह बिष्ट र चाँदनी मल्लको अद्वितीय प्रस्तुति

इनेप्लिज २०८१ वैशाख १८ गते ०:४४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित तन्दुरी चमेनागृहमा आयोजित नेपाल आइडल मौषम २ का विजेता रवि ओडको बेजोड प्रस्तुति रहेको थियो । उनले दुई चरणमा गरि करिव दर्जनौ गीत पस्किएका थिए ।

नेपाल आइडलमा प्रस्तुत गरेका गीतको साथै आफ्ना नयाँ गीत ,नचाउने गीत तथा चर्चित गीतहरु प्रस्तुत गरे । उनले गाउदै गर्दा दर्शकले भरपुर साथ दिएका थिए । उनले गीत प्रस्तुत गर्दै दर्शक तथा प्रशंसकहरु संगै झुमेका थिए ।

त्यस्तै देउडा गायक शंकर सिंह बिष्टले बेजोड अद्वितीय अलिक लामो गीत सहितको नृत्य प्रस्तुति गरे । उनलाई पनि दर्शकले त्यतिनै साथ दिएका थिए । उनि संगै दर्शक झुमेका थिए ।

कार्यक्रमको सुरुवात चाँदनी मल्लले गरेकी थिइन् । उनको अद्वितीय प्रस्तुति रहेको थियो भने पश्चिमका केही कुराहरु जानकारी गराउदै बोल्दै र केही भन्दै आफ्ना गीत प्रस्तुति गरिन । उनीले नै सुरुवात गरे पछि दर्शकले साथ दिएका थिए । उनका गीतमा दर्शक मनोरंजन गर्दै झुमेका थिए ।

गत आइतबार सम्पन्न कार्यक्रमको आयोजना सुदूर पश्चिम समाज, भर्जिनियाले गरेको थियो । भर्जिनियाको फेयरफक्समा गत अप्रिल २८ आइतबार भएको सांगीतिक साँझ कार्यक्रम सफलता पूर्वक सम्पन्न भयो ।

कार्यक्रममा मेरिल्याण्ड ,भर्जिनिया र डिसी वरपरीका दर्शकहरु आएका थिए । सुदूरपश्चिमेली कला संस्कृतिका प्रख्यात कलाकार चाँदनी मल्ल र शंकर सिंह बिष्टका देउडा गीतमा देउडा खेलिएको थियो ।

कार्यक्रम पश्च्यात कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संचालन कल्याण कार्कीले गरेका थिए ।

प्रतिक्रिया