बेलायती विदेश सचिवले जी७ (जी -सेवेन)लाई इरान विरुद्ध प्रतिबन्धहरू समन्वय गर्न आग्रह

इनेप्लिज २०८१ वैशाख ५ गते ११:०२ मा प्रकाशित

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले विश्वका ठूला अर्थतन्त्रहरूलाई इरानविरुद्धको प्रतिबन्धलाई “एकजुट मोर्चा” देखाउन समन्वय गर्न आग्रह गरेका छन्।

सप्ताहन्तमा इरानले इजरायलमा ठूलो मात्रामा गरेको आक्रमणले यस क्षेत्रमा द्वन्द्व बढाउने विश्वव्यापी चिन्ता बढाएको सिएनएनले जनाएको छ ।

“हामी इरान विरुद्ध समन्वित प्रतिबन्धहरू हेर्न चाहन्छौं,” क्यामरुनले बुधबार इटालीको काप्रीमा भएको जी७ विदेश मन्त्रीहरूको बैठक अघि भने।

यस क्षेत्रमा धेरै खराब गतिविधिको पछाडि इरान रहेको उनले इजरायलमा पत्रकारहरूलाई भने । जहाँ उनी र जर्मन विदेशमन्त्री एनालेना बेरबकले शीर्ष इजरायली अधिकारीहरूसँगको वार्तामा भाग लिएका थिए।

“उनीहरूलाई जी७ द्वारा स्पष्ट सन्देश दिन आवश्यक छ, र मलाई आशा छ कि यो बैठकमा छलफल हुनेछ।” उनले भने ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने बताएका छन् ।

“हामी आशा गर्छौं कि हाम्रा सहयोगी र साझेदारहरूले छिट्टै आफ्नै प्रतिबन्धहरू पछ्याउनेछन्,” उनले भने।

प्रतिक्रिया