निर्वाचनका बेला बाबै आमै भनेर मात्र हुँदैन चार चार हजार घर घरमा हात हातमा पुर्‍याउने काम हामीले गर्यौ केपी ओली

बेद प्रसाद घिमिरे २०८१ वैशाख ५ गते १०:३६ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा अरु उमेदवार किन भन्दै प्रश्न गरेका छन् । बुधबार इलाममा आयोजित चुनावी सभामा एमालेले छोटो समयमै धेरै काम गरेको बताए । “मलाई त अचम्म लाग्छ । कत्रो बिन उमेदवार भएका होलान् । किन उमेदवार भएका होलान ? एमाले छँदाछँदै । किन उमेदवार हुनुपर्‍यो,” ओलीले प्रश्न गरे ।

उनले देश बनाउने, शुसासन गर्ने, विकास गर्ने, योजना ल्याउने, काम अघि बढाउने, राजमार्ग बनाउने, महिला उद्यमशीलताका काम एमाले नै गर्ने उनले बताए । उनले जेष्ठ नागरिकलाई अरु बेला कसैले नसम्झिएको बताए । “चुनावका बेला आएर बाबै–आमै भनेर हुन्छ ? एमालेले चार–चार हजार घर–घरमा हातहातमा पुर्‍याएको छ । कुरा मात्रै गर्ने होइन,” उनले भने ।

ओलीले पैसा बाँडेर भोट किन्ने काम एमालेले नगर्ने बताए । “चुनावका बेलामा पैसा बाँडेर, पाँच रुपैयाँ दिएर पछि दिन्छु भनेर भाग्ने काम एमालेले गर्दैन । चुनावमा पैसा बाँडेर भोट किन्ने काम एमाले गर्दैन,” ओलीले भने । उनले इलाम– २ को उपनिर्वाचनका उमेदवार सुहाङ नेम्वाङले नै जित्ने दाबी गरे।

प्रतिक्रिया