लोक गायक कस्तुप पन्तलाई मातृ शोक

इनेप्लिज २०८१ वैशाख १७ गते १०:२५ मा प्रकाशित

काठमाडौंँ । लोकप्रिय लोक गायक कस्तुप पन्तलाई मातृ शोक परेको छ । उनकी आमा लक्ष्मीकुमारी पन्तको आइतबार साँझ निधन भएको हो ।

७३ बर्षिया लक्ष्मीकुमारी बुढ्याली सम्बन्धि रोगबाट पीडित थिइन् । उनको आइतबार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । लक्ष्मीकुमारीका दुई छोरा र एक छोरी छन् । गायक कस्तुप जेठो छोरा हुन् ।

कस्तुपका थुप्रै लोकदोहोरी तथा लोकगीत सांगीतिक बजारमा हिट छन् ।

प्रतिक्रिया