इजरायल रक्षा बलको आक्रमणबाट हेजबुल्लाह सेनापति मारिए

इनेप्लिज २०८१ वैशाख ४ गते १८:५० मा प्रकाशित

इजरायल रक्षा बल(आईडिएफ)को आक्रमणबाट हेजबुल्लाह सेनापति मारिएका छन्।

दक्षिणी लेबनानको टायर जिल्लामा रहेको एउटा शहरमा इजरायली हमलामा हेजबुल्लाह सेनापति इस्माइल युसेफ बाज मारिएका छन्।

आईडिएफले एक अनुभवी हेजबुल्लाह अधिकारीको रूपमा वर्णन गरेको छ । आईडिएफका अनुसार उनि वर्षौंदेखि विभिन्न पदहरूमा सेवा गरेका थिए। बाजले इजरायलतर्फ धेरै प्रक्षेपास्त्र ( रकेट)र क्षेप्यास्त्र प्रक्षेपणको योजना बनाउन मद्दत गरेका थिए।

हेजबुल्लाहले पछि एक वक्तब्यमा बाजको मृत्युको पुष्टि गर्‍यो। संक्षिप्त रूपमा उनलाई १९७२ मा दक्षिणी लेबनानमा जन्मेका “शहीद” को रूपमा वर्णन गरेको एनबिसीन्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया