अमेरिकाको लस भेगासमा मुद्दाको सुनुवाईको क्रममा गोली चल्दा वकिल र उनकी श्रीमतिको मृत्यु

इनेप्लिज २०८१ वैशाख ४ गते ११:१८ मा प्रकाशित

अमेरिकाको नेभादा राज्यको लस भेगासमा एक मुद्दाको बयान सुनुवाईको क्रममा अचानक गोली चल्दा दुई जनाको ज्यान गएको छ ।

लस भेगासका एक वकिल र उनकी श्रीमतीको अघिल्लो विवाहका छोराछोरीको लागि संरक्षणको बिषयमा झगडा हुँदा हत्या भएको परिवारले जनाएको छ ।

अधिकारीहरू र आफन्तहरूका अनुसार लस भेगासका एक वकिल र उनकी श्रीमतीले अघिल्लो विवाहबाट आफ्ना छोराछोरीको संरक्षण जित्न संघर्ष गरि रहेका थिए जब महिलाका पूर्व ससुरा एक अधिवक्ता पनि हुन् उनले मुद्दामा बयान सुनुवाईको क्रममा उनीहरूलाई गोली हानेर हत्या गरे।

लस भेगासको मृत्यु समिक्षक (कोरोनर)को कार्यालयले दिएको जानकारी अनुसार पीडितहरूमा वकिल डेनिस प्रिन्स र उनकी श्रीमती एश्ले भएको पुष्टि भएको छ । दुवैलाई धेरै पटक गोली हानिएको थियो। ७७ वर्षीय जोसेफ ह्युस्टनले आफैलाई गोली हानेका थिए ।

डेनिस प्रिन्सको कानुनी फर्म, प्रिन्स कानुनी समूहको छिमेकमा अप्रिल ८ को बिहान बयान सुनुवाइ सुरु भएको केही मिनेट पछि गोली चलेको थियो ।

सिबिएसन्यूजका अनुसार गोली चलेको समयमा कोठामा सात जना रहेको प्रहरीले जनाएको छ । अदालत प्रतिवेदक सहित अन्य चार जना छिट्टै भाग्न र प्रहरीलाई बोलाउन सक्षम भए।

गत सोमबार एक पत्रकार सम्मेलनमा एश्ले प्रिन्सका आमाबाबुले दिएको जानकारी अनुसार तिनीहरूको छोरीले पहिले ह्युस्टनको मानिससँग विवाह गरिसकेकी थिइन् । उनीहरूले आफ्ना दुई बच्चाहरूको एकमात्र संरक्षणमा राख्न वर्षौंदेखि प्रयास गरिरहेकी थिइन्।

प्रिन्स लस भेगासमा बिगत ३० वर्षसम्म देखी सुनुवाई गर्ने वकिल थिए र प्रिन्स कानुन टोलीको नेतृत्व गरेका थिए, जहाँ गोली हानाहान भयो।

प्रतिक्रिया