क्यानेडियन नेवाः गुठी द्वारा टोरोन्टो र मिस्सिसागामा “निशुल्क कर आबेदन शिबिर” संचालन

इनेप्लिज २०८१ वैशाख ४ गते २:१२ मा प्रकाशित

टोरोन्टो, बिगत का बर्षहरुमा झै क्यानेडियन नेवा गुठीले टोरोन्टो डाउन टाउनमा र मिसिसागामा छुट्टा छुट्टै दिनहरुमा “निशुल्क कर आबेदन शिबिर” सन्चालन गरेको छ । अन्तरराष्ट्रिय बिद्यार्थी,नब आगन्तुक र निम्न आय भएका परिवारहरु लाई लक्षित गरि संचालन गरिएको सो शिबिरहरुमा करिब पचास जनाले कर आबेदन सम्बन्धि सेवा प्राप्त गरेका थिए ।

उक्त शिबिरमा गुठीका कर आबेदन सम्बन्धि संयोजक नरेश ताम्राकार, गुठीका सल्लाहकार रबिन प्रधान, डा. कृष्ण कायष्ठ, पूर्ब संयोजक रोदेश शाक्य, पूर्ब कार्यसमिति सदश्य नबिन श्रेष्ठ , सदस्य अणु श्रेष्ठ , नेपाल जनजाति एसोसियसन क्यानडाका सभापति बीर काजी गुरुङ, पूर्ब कार्यसमिति सदस्य किरण अवाल लगायतले आफ्नो सेवा प्रदान गरेका थिए । गुठि ले गत अप्रिल ६ मा डाउन टाउन टोरोन्टोमा र अप्रिल १३ मा मिसिसागामा शिबिर संचालन गरेको थियो।

शिबिरमा खास गरि नेपाली बिद्यार्थीहरुको बाहुल्यता थियो । निशुल्क कर आबेदन सेवा प्राप्त भएकोमा सेवाग्राहिहरुले गुठिलाई धन्यबाद ब्यक्त गरेका थिए । एकजना सेवाग्राहि, जस्ले गत बर्षको पनि करआबेदनपनि पेश गरेको थिएन, दुइ बर्षको नै कर आबेदन भर्न गुठिले निशुल्क रुपमा सहयोग गरेकोमा गुठि प्रति धेरै धेरै आभार ब्यक्त गरे। साथै नेपाली भाषामानै कुराकानी गरि बिबरण भर्न पाएकोमा सेवाग्राहिहरुले सजिलो महशुस गरेका थिए।

स्मरण होस, क्यानेडियन नेवा गुठि गत १२ बर्ष देखि निशुल्क कर आबेदन शिबिर सन्चालन गर्दै आएको छ भने गुठि तथा स्वयमसेबक हरुलाई क्यानडा रेभन्यु एजेन्सीले दीर्घ सेवा सम्मान प्रदान गरिसकेको छ।

क्यानाडाको कानुन अनुसार प्रत्येक नागरिक, स्थायी बासिन्दा एबम अरु उल्लेखित व्यक्तिहरुले आफ्नो आय व्ययको विवरण अनिबार्य रुपमा अप्रिल महिनाको अन्त सम्ममा सरकार समक्ष पेश गर्नु पर्दछ ।

प्रतिक्रिया