भारतद्वारा जहाजमा रहेका १७ भारतीय चालक दलका सदस्यलाई रिहा गर्न इरानलाई आग्रह

इनेप्लिज २०८१ वैशाख ३ गते १०:३५ मा प्रकाशित

इरानले कब्जामा लिएको मालबाहक जहाजमा रहेका १७ भारतीय चालक दलका सदस्यलाई रिहा गर्न भारतले इरानलाई आग्रह गरेको छ ।

भारतले गत शनिबार इरानले कब्जा गरेको मालसामान ढुवानी गर्ने जहाजमा सवार रहेका १७ भारतीय चालक दलका सदस्यलाई रिहा गर्न इरानलाई आग्रह गरेको हो ।

भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले आफ्ना इरानी समकक्षी इरानी विदेश मन्त्री होसेन अमिर अब्दुल्लाहियानसँग कुरा गरे । र भारतीय चालक दलका सदस्यहरूलाई रिहाइ गर्न आग्रह गरेको बताए ।

फिलिपिन्सको आप्रवासी कामदार विभागका अनुसार जहाजमा चार फिलीपिन्सका नाविक पनि सवार थिए। विभागले आफ्नो सरकार, जहाज मालिक र संचालकसँग कब्जामा परेका समुद्री यात्रीहरूलाई रिहा गर्न काम गरिरहेको बताएको छ।

गत शनिबार इरानको रिभोलुसनरी गार्ड(सुरक्षाकर्मी)हरूले स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरु )नजिकै इजरायलीसँग जोडिएको मालसामान ढुवानी गर्ने ठूला डिब्बा )रहेको जहाजलाई इरानी उदग्रबिमान (हेलिकप्टर)ले नियन्त्रणमा लिएको इरानी राज्य समाचार संस्थाले बताएको थियो ।

उक्त जहाज अर्थात् मेडिटेरेनियन शिपिंग कम्पनी (एमएससि) ले जहाजमा २५ जना चालक दलका सदस्य रहेको बताएको छ ।

प्रतिक्रिया