बोस्टनका सामाजिक अभियन्ता प्रल्हाद केसी एएपिआइ आयोगको जीवनकाल उपलब्धि पुरस्कारबाट सम्मानित

इनेप्लिज २०८१ वैशाख २ गते २१:१६ मा प्रकाशित

अमेरिकाको म्यासाचुस्टेस राज्यको बोस्टनमा लगभग ४ दशक भन्दा ज्यादा समय देखि बस्दै आएका सामाजिक अभियन्ता प्रल्हाद केसी एएपिआइ आयोगको जीवनकाल उपलब्धि पुरस्कार(लाइफटाइम एचिभमेन्ट अवार्ड)बाट सम्मानित भएका छन् ।

तर यो पुरस्कार उनलाई एएपिआई आयोगको १६ औ बार्षिक एकता रात्री भोजनमा प्रदान गरिने छ ।

उनले यस क्षेत्रमा गरेको कामको योगदान र एएपिआईमा गरेको अतुलनीय कार्य प्रति उनलाई सम्मान गरिन लागेको हो ।

यस पुरस्कारका प्राप्तकर्ताहरूलाई दिगो परिवर्तन ल्याउने र आउने पुस्ताहरूलाई प्रेरणा दिने तिनीहरूको स्थायी प्रतिबद्धताको लागि मनाइन्छ।

समारोह म्यासाचुसेट्स राज्यमै हुने र पुरस्कार आगामी अप्रिल २० का दिन प्रदान गरिनेछ।

प्रतिक्रिया