जर्जियाका एक व्यक्तिलाई आमाको दूधमा आफ्नो नवजात शिशुलाई गाडीमा प्रयोग गर्ने गाडीको रसायन हालेको अभियोगमा ५० वर्षको कारागार सजाय

इनेप्लिज २०८१ वैशाख १ गते २२:१९ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यका एक पितालाई आमाको दूधमा आफ्नो नवजात शिशुलाई गाडीमा प्रयोग गर्ने एन्टिफ्रिज (गाडीमा प्रयोग गरिने रसायन )मिसाएकोले उनलाई विष हालेको अभियोगमा ५० वर्षको कारागार सजाय सुनाईएको छ ।

प्रहरीका अनुसार कर्टिस ज्याकले उनले आफ्नो नवजात छोरीको दुधमा बच्चाको लागि आर्थिक सहयोग भुक्तान गर्नबाट बच्न त्यसो गरेको स्वीकार गरे ।

उनले चार वर्षअघि आमाको दूधमा एन्टिफ्रिज मिसाएर आफ्नी १८ दिने छोरीलाई विष हालेको अभियोगमा बिहीबार ५० वर्षको कारागार सजाय सुनाइएको छ ।

उनकी छोरी बिरामी भए पछि कर्टिस ज्याकलाई अक्टोबर १६, २०२० मा गिरफ्तार गरिएको थियो ।

प्रहरी अन्वेषकहरूले ज्याकले बच्चालाई जन्म दिएपछि अस्पतालमा भर्ना हुँदा दुई हप्ता अघि बच्चाकी आमाबाट स्तन दूधको सिसी (बोतल )उठाएका थिए ।

“महिलाकी अर्की छोरीलाई पनि हेरचाह गरिरहेकी बालिकाकी हजुरआमालाई स्तनपान गराएपछि २४ घण्टाभित्रै बच्चा गम्भीर बिरामी भईन । ज्याकले दक्षिण फुल्टन प्रहरी विभागका जासूसहरूलाई स्तन दूधमा एन्टिफ्रिज (रसायन) थपेको स्वीकार गरेको प्रहरीले सामाजिक संजालमा एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बच्चाको आमाले ज्याकको सजाय पछि बोल्न अस्वीकार गरिन तर बच्चा ठीक भएको एनबिसीन्यूजले जनाएको छ ।

एन्टिफ्रिज के हो ?

एन्टिफ्रिज एक सवारी साधनमा प्रयोग गर्ने रासायनिक योगात्मक हो जसले बरफलाई पगाल्ने र बरफ अवस्थामा रहेको तरल पदार्थलाई तरल बनाउने काम गर्छ यो प्राय सवारी साधन/ गाडीमा प्रयोग गरिन्छ । अर्थात् बरफ (आईस)लाई गलाउदै चिसो र ठण्डा मौसममा बरफ बनेको तरल पदार्थलाई तरल बनाउने काम गर्छ ।

प्रतिक्रिया