टेक्ससको सार्वजनिक सुरक्षा विभागको कार्यालयमा चोरी गरेको १८ पाङ्ग्रे गाडी “जानाजानी” जोत्दा १ को मृत्यु, १ दर्जन घाइते

इनेप्लिज २०८१ वैशाख १ गते १३:१६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको एक सार्वजनिक सुरक्षा विभागको कार्यालयमा “जानाजानी” मालबाहक गाडीले जोत्दा १ जनाको मृत्यु भएको छ भने कम्तिमा १ दर्जन घाइते भएको प्रहरीले बताएको छ ।

चालकले गत शुक्रबार जानीजानी गाडी कार्यालय भित्र पसाए । जसमा एक जनाको ज्यान गएको छ र कम्तीमा एक दर्जन घाइते भएको प्रहरी जस्टिन रुइजले शुक्रबार दिउँसो एक पत्रकार सम्मेलनमा भने ।

एक संदिग्ध व्यक्तिले १८ पाङ्ग्रे चोरेको गाडी प्रयोग गर्दै ह्युस्टनबाट ७५ माईल पश्चिममा रहेको ब्रेनहमको कार्यालयमा”जानाजानी, जघन्य कार्य” गरेको टेक्सस राज्यका सिनेटर लोइस कोल्खोर्स्टले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा भने।

संदिग्ध ४२ वर्षीय क्लेनर्ड पार्कर भएको पुष्टी भएको छ । उनलाई अघिल्लो दिउँसो ब्रेनहम कार्यालयमा उनको व्यावसायिक चालक अनुमतिपत्र अस्वीकार गरिएको थियो।

च्यापल हिलका पार्करलाई पक्राउ गरिएको वाशिंगटन काउन्टीको कारागारमा राखिएको छ । तीन जनालाई गम्भीर चोटपटकका साथ क्षेत्रीय अस्पतालहरूमा उदग्रबिमान (हेलीकप्टर )बाट लागिएको थियो ।

जसमध्ये एकको अस्पतालमा मृत्यु भयो। अन्य तीनजनालाई रुग्णवाहिणी (एम्बुलेन्स)द्वारा स्थिर अवस्थामा स्थानीय अस्पतालमा लगिएको थियो, जसमध्ये तीनैजनालाई उपचार गरेर रिहा गरिएको थियो।

आठ जनालाई घटनास्थलमा उपचार गरी रिहा गरिएको प्रहरी रुइजले बताए। संदिग्ध घाइते नभएको उनले बताए । आफन्तलाई सूचित नगरेसम्म मृतक व्यक्तिको पहिचान खुलाइने छैन, अधिकारीहरूले भने।

प्रतिक्रिया