न्यायाधीशद्वारा राष्ट्रपति बाइडेनका सुपुत्रले संघीय बन्दुकको आरोप खारेज गर्ने प्रयासलाई अस्वीकार

इनेप्लिज २०८१ वैशाख १ गते १२:५३ मा प्रकाशित

न्यायाधीशद्वारा राष्ट्रपति जो बाइडेनका सुपुत्र हन्टर बाइडेनले संघीय बन्दुकको आरोप खारेज गर्ने प्रयासलाई अस्वीकार गरि दिएका छन् ।

अमेरिकाको डेलावेयर राज्यका एक न्यायाधीशले हन्टर बाइडेनले तीनवटा संघीय बन्दुकको आरोप खारेज गर्ने प्रयासलाई अस्वीकार गरेको एबिसीन्यूजले जनाएको छ ।

गत डिसेम्बरमा हन्टर बाइडेनका वकिलहरूले विशेष सल्लाहकार डेभिड वेइसद्वारा ल्याईएको अधिकारलाई चुनौती दिँदै र अभियोग छानबिन र प्रतिशोधात्मक अभियोजनको परिणामको रूपमा आएको दाबी गरेका थिए ।

अभियोजकहरूका अनुसार हन्टर बाइडेनले आफ्नो लागुऔषध प्रयोगको बारेमा संघीय आवेदन पत्रमा झुटो बोलेका थिए ।

साथै उनले २०१८ मा एक बन्दुक समेत राखेका थिए । उक्त समयमा उनी लागूपदार्थको लतमा थिए। उनका वकिलहरुका अनुसार उनीसँग एघार दिनसम्म हतियार थियो भने उनले कहिले पनि गोली चलाएनन ।

शुक्रबार न्यायाधीश मेरीलेन नोरेइकाले अभियोजकहरूको पक्षमा उभिइन र मुद्दा सुनुवाइ अघि बढ्ने बताइन ।

प्रतिक्रिया