अमेरिकाको कोलोराडोमा गम्भीर अटिजम भएका बालबालिकालाई दुर्व्यवहार गरेको आरोपमा बिद्यालय बस(यात्रीयान)की महिला सहयोगी पक्राउ

इनेप्लिज २०८० चैत ३० गते ११:११ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा गम्भीर अटिजम भएका बालबालिकालाई दुर्व्यवहार गरेको आरोपमा बिद्यालय बस(यात्रीयान)की महिला सहयोगीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

एक महिला सहायकले गरेको दुर्ब्यबहारको श्रब्यदृश्य (भिडियो)मा समेत कैद गरिएको छ । एङ्गलवुड, कोलोराडोकी एक स्कूल बस (बिद्यालय गाडी)की सहयोगीलाई प्रहरीले गम्भीर अटिजम भएका तीन बालबालिकालाई शारीरिक दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

तीन विद्यार्थीहरूले लिटलटन सार्वजनिक बिद्यालय (पब्लिक स्कूल)को विशेष आवश्यकताको गाडीमा छ महिनाको अवधिमा “अत्यन्त शारीरिक र मानसिक दुर्व्यवहार” सहेका थिए, राठोड मोहम्मदभाई कानून व्यवसायले बुधबार एक छापा विज्ञप्तिमा उक्त जानकारी सार्वजनिक गरेको छ ।

सबै तीन बच्चाहरू बोल्न सक्दैनन् त्यसैले दुर्व्यवहारको सूचना दिन सक्दैन, कानून व्यवसायले भन्यो। प्रहरीका अनुसार २९ वर्षीया कियारा जोन्सले जोखिममा रहेका बालबालिका विरुद्धको अपराधको लागि जघन्य आक्रमणको आरोपको सामना गरिरहेकी छिन ।

जोन्सले कथित रूपमा बच्चाहरूलाई “अकल्पनीय दुर्व्यवहार” गरेकी थिइन् । सेप्टेम्बर २०२३ देखि नै उनले यस्तो दुर्ब्यबहार गर्दै आएकी थिइन् ।

उनलाई गत अप्रिल ५ का दिन बिहान अदालतमा उपस्थित गराइएको थियो र ५,००० डलर धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

उनी पक्राउ परेको दिनमै उनलाई बर्खास्त गरिएको थियो।

प्रतिक्रिया