मेरिल्याण्डमा एक दशक अगाडी महिलाको हत्या गरि फरार रहेका संदिग्ध मेक्सिकोमा पक्राउ

इनेप्लिज २०८० चैत २९ गते २३:४३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा एक दशक अगाडी एक महिलाको हत्या गरि फरार रहेका संदिग्धलाई मेक्सिकोमा पक्राउ गरिएको छ ।

मेरील्याण्डमा आमालाई छुरा प्रहार गर्दा ११ वर्षकी बालिका हाल २१ बर्षकी भएकी छिन । न्यायको खोजीमा विगत एक दशक देखि सामाजिक सञ्जाल अभियान संचालन गर्दै गर्दा संदिग्धलाई मेक्सिकोमा पक्राउ गरिएको उनले बताइन ।

मेरील्याण्डकी आमाको कथित हत्यारा अमेरिकाबाट भागेका थिए ।

उनको आमा, २८ वर्षीया इमिलिया इग्नासियो, अप्रिल २०१४ मा ग्रीनबेल्टमा एउटा सवारी साधन (कार)मा मारिएको अवस्थामा फेला परेकी थिइन्। अहिले हिरासतमा रहेका उक्त व्यक्ति इग्नासियोको पूर्व प्रेमी जुआन मिगुएल रोमन-बाल्डेरास हुन्।

छोरीका अनुसार उनी र उनको आमा रोमन-बाल्डेरास लगभग पाँच वर्षसम्म संगै बसेका थिए। तर उनले दुर्व्यवहार गरेको र उनको आमाले उनीसँग सम्बन्ध बिच्छेद गरेकी थिइन् ।

ग्रीनबेल्ट प्रहरीले उनलाई प्रथम श्रेणीको हत्याको आरोपको सामना गर्न सुपुर्दगीको पर्खाइमा रहेको बताएको छ ।

प्रतिक्रिया