अमेरिकाको आईडाहोकी एक ८५ वर्षीया बृद्ध महिलाले घर भित्र पसेको संदिग्धले कुर्सीमा हतकडी लगाई मार्ने धम्की दिए पछि गोली हानिन ,संदिग्ध मारिए

इनेप्लिज २०८० चैत २९ गते २२:५० मा प्रकाशित

अमेरिकाको आईडाहो राज्यमा ८५ बर्षिय बृद्ध साहसी हजुरआमाले आफूलाई मार्ने धम्की दिने संदिग्धलाई सिरानीमुनि उनले राखेको बन्दुक प्रहार गर्दा उनि मारिए पछि महिलालाई नायकको संज्ञाको साथै प्रशंसा गरिएको छ ।

एक अभियोजकहरुले गोलाबारी न्यायसंगत हत्या भएको निष्कर्ष निकालेका छन् । छोराको रक्षा गर्दै ८५ वर्षीया वृद्धाले घुसपैठिलाई गोली हानेकी थिइन् ।

एबिसीन्यूजका अनुसार ८५ वर्षीया महिलाले घरमा आक्रमण गर्ने संदिग्धलाई कुर्सीमा हतकडी लगाएर, बन्दुकले कोर्रा लगाएर मार्ने धम्की दिएपछि आफ्नो सिरानीमुनि राखिएको बन्दुकले गोली हानेर हत्या गरेकोमा “नायक” को रूपमा प्रशंसा गरिएको अधिकारीहरूले बताएका छन् ।

आईडाहोको ब्ल्याकफुट नजिकै बसोबास गर्ने ८५ बर्षिय क्रिस्टिन जेनेईहको घरमा कथित हमलावर ३९ वर्षीय डेरेक कन्डोनले धेरै पटक गोली हानेपछि ज्यान जोगिएको थियो । ८ दशक नाघेकी उक्त महिलाले भान्साकोठामा दुई पटक गोली हानेकी थिइन् ।

उनले आफ्नो र उनको अशक्त छोराको सुरक्षाको लागि घातक बल प्रयोग गर्ने निर्णय गरेको प्रहरीलाई बताइन । अपाङ्गता भएका छोराको साथ ग्रामीण इलाकामा बस्ने जेनेईहले प्रहरीलाई बताए अनुसार गत मार्च १३ मा बिहान २ बजेतिर सैनिक लुगा र कालो मुखावरण लगाएको एक अपरिचित व्यक्तिले उनको ओछ्यानमा उभिएर बन्दुक र हाते प्रकाश (टर्च)लाई देखाउँदै गर्दा उनि ब्यूँझिएकी थिइन्।

प्रहरीका अनुसार कन्डोन झ्याल तोडेर घरमा प्रवेश गरे र उनलाई आफ्नो ओछ्यानमा हुँदा उनको टाउकोमा बन्दुक प्रहार गरे ।

उक्त संदिग्धले महिलालाई बैठक कोठामा लगे र काठको कुर्सीमा हातकडी लगाए । उनको घरमा रहेको बहुमूल्य चीजहरू कहाँ राखिएको छ भनेर सोधे र उनको टाउकोमा बन्दुक राखे,उनले प्रहरीलाई भनिन ।

जब आक्रमणकारी गरगहनाको खोजी गर्न तल गए र उनले कुर्सीलाई नजिक तानेर उनको सुत्ने कोठामा हथकडी लगाएकै अवस्थामा उनको सिरानीमुनि राखेको बन्दूक उठाईन । सोफाको गद्धाको बीचमा उनले बन्दुक लुकाइरहेकी थिइन्। प्रहरीका अनुसार उक्त संदिग्धले के गर्छ भनेर प्रतिक्षा गरिन्।

जब कन्डन फर्के, उनको आफ्नो छोरा घरमा नभएको भन्दै उनीसँग रिसाए र फेरि उनलाई मार्ने धम्की दिएका थिए । त्यसैबेला उनले सोफामा लुकाएर आफ्नो बन्दूक निकालिन र कन्डोनलाई दुई पटक गोली हानिन ।

महिलाको पेट, खुट्टा, हात र छातीमा बन्दुकको गोली लागेको छ।

कन्डोनको भान्साकोठामा ढलेर मृत्यु भएको थियो । उनको बैठक कोठाको भुइँमा रगत बगिरहेको थियो र उनको छोरो माथि नआएसम्म र ९११ मा खबर गर्न नदिएसम्म १० घण्टासम्म कुर्सीमा हातकडी लगाएर बसेकी थिइन्।

प्रतिक्रिया