पुनरावेदन न्यायाधीशद्वारा तेश्रो दिन लगातार अश्लिल चलचित्रकी नायिकालाई चुप लगाउन दिएको रकम बारे ट्रम्पले सुनुवाई ढिलो गर्न दिएको मुद्धा फेरि अस्वीकार

इनेप्लिज २०८० चैत २९ गते ११:०८ मा प्रकाशित

अमेरिकी पुनरावेदन अदालतका न्यायाधीशले तेश्रो दिन लगातार अश्लिल चलचित्रकी नायिकालाई चुप लगाउन दिएको रकमको मुद्धाबारे पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सुनुवाई ढिलो गर्न दिएको मुद्धा फेरि अस्वीकार गरि दिएका छन् ।

ट्रम्पले अब यो हप्ता तीन पटक सुनुवाई ढिलाइ गर्ने प्रयास गरे तर असफल भएका छन् ।

पुनरावेदन बिभागका प्रथम बिभागका न्यायाधिश एलेन गेस्मरले स्टेको अनुरोधलाई अस्वीकार गर्दै एक वाक्यको आदेश जारी गर्न ३० मिनेट मात्र लगाएएको एबिसीन्यूजले जनाएको छ ।

पुनरावेदन न्यायाधीशहरूको समूह (प्यानल)ले यस महिनाको अन्त्यमा न्यायाधीश जुआन मर्चनलाई मुद्दाबाट हटाउने र मर्चनका केही निर्णयहरूमा आपत्ति जनाउने बारे ट्रम्पको लिखित तर्कहरू विचार गर्नेछ।

प्रतिक्रिया