अमेरिकाको मिसिसिपीमा घुम्रपात( टोर्नाडो)आउदा कम्तिमा एक जनाको मृत्यु ,टेक्सस र लुजियानामा ३ वटा घुम्र्पात आउदा कम्तिमा ७२ वटा घरहरू क्षतिग्रस्त

इनेप्लिज २०८० चैत २९ गते १०:४७ मा प्रकाशित

अमेरिकाको मिसिसिपी राज्यमा घुम्रपात ( टोर्नाडो)आउदा कम्तिमा एक जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकाकै टेक्सस र लुजियानामा ३ वटा घुम्रपात आउदा कम्तिमा ७२ वटा घरहरू ध्वस्त भएका छन् ।

मिसिसिपीमा घुम्रपात ( टोर्नाडो) र बाढीका कारण दक्षिणमा १ जनाको मृत्यु भएको हो । लुजियाना र टेक्ससमा अहिलेसम्म तीनवटा घुम्रपात( टोर्नाडो)को पुष्टि भएको छ।

टेक्सस देखि लुजियाना ,मिसिसिपी देखि अलाबामा र फ्लोरिडासम्म फैलिएको गम्भीर मौसमको साथमा एउटा घातक घुम्र्पात( टोर्नाडो) दक्षिणमा चरम वर्षा र खतरनाक तूफान ल्याइरहेको एबिसीन्यूजले जनाएको छ ।

मिसिसिपी आपतकालीन व्यवस्थापन अधिकारीहरूका अनुसार स्कट काउन्टी, मिसिसिपीमा एक जनाको मृत्यु भएको जनाईएको छ । मिसिसिपीमा कम्तिमा एक व्यक्ति घाइते भएका छन् भने राज्यभरि कम्तिमा ७२ घरहरू क्षतिग्रस्त भएका छन् ।

घुम्र्पात( टोर्नाडो)ले स्लाइडेल, लुजियाना न्यू अर्लिन्स भन्दा ३० माईल बाहिर भवनहरूलाई क्षति पुर्याएको र बिजुलीका खम्बाहरु ढलेका छन् ।

स्लाइडेलमा हालसम्म ५० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ। केहीलाई चोटपटक लागेको कारण अस्पताल लगिएको छ ।

बुधवार साँझ पत्रकार सम्मेलनमा स्लाइडेलका प्रहरी प्रमुख र्यान्डी फान्डलले आँधीका कारण कुनै पनि व्यक्तिको मृत्यु वा ठूलो चोटपटक नभएको पुष्टि गरे।

प्रतिक्रिया