जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित!

इनेप्लिज २०८१ वैशाख २४ गते २१:५३ मा प्रकाशित

५ मई, २०२४, फ्लशिंग, न्युयोर्क॥

न्युयोर्कको फ्लशिंग स्थित रोयल क्विन पार्टी प्यालेसमा ऐसियन सुदायको टाईम फर चाईनिज ईन यु.एस.ए ले आयोजना गरेको अमेरिकन चाईनिजहरुको उत्कृष्ट चिनियाँ व्यक्तित्वहरूको वार्षिक चयनको लागि अमेरिकन टाइम्स ड्रीम स्टेज अन्तर्राष्ट्रिय प्रदर्शन प्रतियोगिता र अवार्ड समारोहमा (AAPI) Asian American Pacific Islanders Heritage Month उत्सवमा राष्ट्रिय एंव अन्तर्राष्ट्रिय जगतमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका महानुभावहरूलाई सम्मानित गरीएको थियो।

उक्त अवसरमा जिपी कोईराला फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेलाई “AAPI Distinguished Award for Outstanding Leadership” भनेर सम्मानित गरिएको थियो। घिमीरेले फाउन्डेशन मार्फत समाजमा पुर्याएको योगदान र अमेरिकामा AAPI समुदायमा शान्ति र प्रगतिको साथ विविधतामा एकताको पुल निर्माण गरेकोमा उच्च कदर गर्दै वहाँलाई सम्मानित गरीएको आयोजक संस्थाका अध्यक्ष ज्याक जियाले बताउनुभयो। अध्यक्ष घिमिरे पश्चिम अफ्रिरी देश घानामा मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेपछि यो दोस्रो अन्तर्राष्ट्रिय स्तरको सम्मान पाउने पहिलो नेपाली अमेरिकन हुन।

यस कार्यक्रममा प्रमुख अतिथी अमेरिकी सिनेटमा बहुमत नेता चक शूमर, सम्मानित अतिथि अमेरिकी कांग्रेसवुमेन ग्रेस मेङ, न्यू-योर्क राज्य विधानसभा सदस्य स्टीवन रागा र न्यू-योर्क शहरका मेयर एरिक एडम्सको कार्यालयबाट दक्षिण एसियाली समुदाय निर्देशक सुकरानी धनपतको उपस्थिती रहेको थियो।

सो कार्यक्रममा बोल्दै माननीय सिनेटर चकसुमरले एसीयन समुदासँग विश्वकै अद्वितीय संस्कृति र सम्पदा रहेको र त्यस्ले आम अमेरीकी र सम्पुर्ण विश्व समुदायलाई आकर्षण गरीरहेको बताउनुभयो।वहाँले छिट्टै अमेरिकाले एशीयन मुलको राष्ट्रपती समेत पाउनेकुरामा जोड दिँदै, यो विशेष कार्यक्रममा आफुले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नपाउँदा अत्यन्त खुशी लागेको बताउँदै आयोजक संस्थालाई धन्यवाद दिनुभयो।यसैगरी विशिष्ट अतिथि अमेरिकी क्रांग्रेसओमेन माननीय ग्रेस मेंगले एशीयन समुदाय प्रती गर्व गर्दै यस्ले अमेरीकामा एकताको सन्देश दिएको बताउनुभयो।सो कार्क्रमममा जिपी फाउनडेशन अमेरिकाको तर्फवाट बोल्दै अध्यक्ष सोमनाथ घिमीरेले अमेरीकी डायस्पोरामा नेपाली नयाँ बर्षले स्थान पाउनु र नेपाली कला र संस्कृतिलाई औधी रूचाईनुले हामी संस्कृतिमा कती धनी छौं भनी रहन पर्दैन भन्दै आफुलाई नेपाली अमेरिकी भन्दा गौरवान्वित महसुस भएको बताउनुभयो।सो अवसरमा जिपी फाउन्डेशनका कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीलाई उत्कृष्ट स्वयंसेवकको रूपमा सम्मानित गरिएको थियो।

यस कार्यक्रममा १७ वटा भन्दा बढी देशहरूको सांस्कृतिक नृत्यहरु प्रदर्शन गरिएको थियो भने सह-आयोजकको भुमिका गिरीजा प्रसाद कोईराला फाउन्डेसन अमेरिकाले गरेको थियो र यस कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिहरू उपस्थित थिए।

फेस्टिवल फ्युजनको नामाकरण दिदै ४ वटा देशको नॅंया बर्ष-नेपाली, भारतको पंजाबी बैंशाकी, बंगाली र बर्मेली नॅंया बर्ष सॅंगै मनांएको न्यू-योर्क शहरमा यो पहिलो पटक एंव ऐतिहासिक हो। विभिन्न देशहरूका संस्कृती झल्कने झाँकी, नृत्य एवं पहिरनले सजिँदा कार्यक्रमलाई अत्यन्त शोभायमान बनाएको थियो। नेपाली नृत्य मारुनी वरिष्ठ कोरियोग्राफर गोविन्द राई र वॅंहाकै नृत्य केन्द्र वाट स-साना बच्चाहरु क्रमश: श्रेया गौतम, स्वेरा कार्की, प्रिन्सा सिंजाली र पल्सा थापा मगर को भव्य प्रदर्शन रहेको थियो।

उक्त कार्यक्रममा फाउन्डेशनका आजीवन सदस्यहरू राजु रौनीयार, शेखर कार्की, पुनम सिटौंला कार्की, कृयासील सदस्यहरु क्रमश: पासांग नुर्वु शेर्पा, गीता अधिकारी, कलाकार पेम्बा शेर्पा , फुर्वा शेर्पा, योगेन्द्र अधिकारी, दिपक रायमाझी, सुमन भण्डारी, रिन्जी शेर्पा, विकास कुँवर, दिपक गौतम र दिपज्योति बस्ताकोटी लगायत दर्जनौं कलाकारहरूको उपस्थिती रहेको थियो। उक्त अवसरमा नेपाली मौलीक लोकनृत्य एवं गायन समेत प्रस्तुत गरीएको थियो।

टाईम्स अफ चाईनिज ईन यु. एस.ए आउटस्टान्डिंग एवार्ड कमिटी आयोजक र जिपि कोईराला फाउन्डेशन अमेरीका च्याप्टर सह-आयोजक रहेको उक्त कार्यक्रममा करीब ६ घन्टासम्म बिबिध मनोरंजनका साथै रात्रीभोज गरी सम्पन्न गरीएको कुरा फाउन्डेशनका प्रबक्ता रामचन्द्र अधिकारीले बताउनुभयो।

प्रतिक्रिया