अमेरिकाको फिलाडेल्फियामा ईदमा गोली चल्यो , ५ जना पक्राउ

इनेप्लिज २०८० चैत २८ गते २३:५१ मा प्रकाशित

अमेरिकाको पेनसेलभेनिया राज्यको पश्चिम फिलाडेल्फियामा बुधबार इद पर्वमा दिउँसो गोलाबारी भए पछि पाँच जनालाई पक्राउ गरिएको छ । धेरै हतियारहरू बरामद गरिएको प्रहरीले बताएको छ ।

आज अप्रिल १० बुधबारका दिन दिउँसो करिब २ः३० बजे गोली प्रहार भएको थियो । क्लारा मुहम्मद स्क्वायरमा करिब १,००० मानिसहरू उत्सवको लागि भेला भएको समयमा गोली चलेको फिलाडेल्फियाका प्रहरी आयुक्त केभिन बेथेलले पत्रकार सम्मेलनमा भने।

एउटी महिलाले स्थानीय संचार माध्यमलाई रमादनको पवित्र महिनाको अन्त्यमा मनाइने मुसलमानहरुको धार्मिक उत्सव ईदमा परिवार, बालबालिका र वृद्धवृद्धाहरू उपस्थित रहेको बताइन ।

“ठूलो मात्रामा बन्दुकको गोली” चलेको बेथेलले बताए । सवारी साधन अड्डा (पार्क)मा दुई समूहबीच गोली हानाहान सुरु भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी अधिकारीहरूले भागिरहेका तीन पुरुष र एक महिला संदिग्धलाई रोके र चारवटा हतियार बरामद गरेको उनले बताए ।

अर्को प्रहरी अधिकारी १५ वर्षीय संदिग्ध पुरुषसँग भिडे र उनले किशोरको काँध र खुट्टामा प्रहार गरे । र ,उनीबाट हतियार बरामद गरिएको छ । त्यसपछि शंकास्पद व्यक्तिलाई पनि अस्पताल लगिएको सिएनएनले जनाएको छ ।

पेटमा गोली लागेको एक व्यक्ति र अर्को किशोरलाई हातमा बन्दुकको गोली लागेकोले अस्पताल लागिएको छ ।

प्रतिक्रिया