यदि अमेरिकी कांग्रेसले युक्रेनलाई रुसको आक्रमणको प्रतिरोध गर्न मद्धत गर्न सैन्य सहायतालाई अनुमोदन गरेन भने युक्रेनले “युद्ध हार्नेछ” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने।
अमेरिकी “कङ्ग्रेसलाई विशेष रूपमा सम्बोधन गर्नु महत्त्वपूर्ण छ: यदि कांग्रेसले युक्रेनलाई मद्दत गर्दैन भने युक्रेनले युद्ध हार्नेछ,” जेलेन्स्कीले आइतवार युक्रेनी कोष सङ्कलन गर्ने समूह युनाईटेड२४ को श्रब्यदृश्य (भिडियो )बैठकमा उक्त कुरा भनेका हुन् ।
“यदि युक्रेनले यो युद्ध हार्यो भने अन्य देशहरूमा आक्रमण हुनेछ। यो तथ्य हो,’ उनले भने ।
दुई वर्ष भन्दा बढी अघि युद्ध सुरु भए देखिको उनको सबैभन्दा कडा चेतावनी हो । अमेरिकी कांग्रेसले महिनौं देखि युक्रेनका लागि सहयोगको संपुष्टि पारित गर्न अस्वीकार गरेको छ ।
कीभलाई जनशक्ति र हतियारको अभावमा रुसले युक्रेनका शहरहरूलाई क्षेप्यास्त्रहरू र हतियारले निरन्तर आक्रमण गरि रहेको छ । अग्रपंक्तिमा युक्रेनको उपस्थिति कमजोर रहेको छ ।
अमेरिकी सिनेटले गत फेब्रुअरीमा युक्रेन र इजरायलका लागि ९५.३ बिलियन विदेशी सहायता बिधेयक पारित गर्यो, तर सभामुख माइक जोनसनले युक्रेनका लागि सहायता संपुष्टि (प्याकेज )पारित गर्नेमा मतदान गर्न अस्वीकार गरेका छन्।
जेलेन्स्कीले पहिले नै सिएनएनलाई यदि अमेरिकी सांसदहरूले सहायता संपुष्टि (प्याकेज)लाई अनुमोदन गरेन भने “लाखौं” युक्रेनीहरु रूससँग युद्धमा मर्न सक्ने भनेका थिए ।
रूसले फेब्रुअरी २०२२ मा आफ्नो आक्रमण सुरु गरेको १ हप्ता भित्र देशको बाँकी भाग लिने रुसले सोचेको थियो । तर यो मस्कोको लागि गणना गलत साबित भयो । रुसले किभ पुग्नु अगाडी नै आफ्ना सैनिकलाई फिर्ता लग्न बाध्य भयो । रूसले कब्जा गरेको केही क्षेत्रहरू पुन: युक्रेनले दावी गर्यो।
रुसले युक्रेनको क्षेत्रको पाँचौं भाग कब्जा गर्न जारी राखेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया