कोशी प्रदेश सरकारमा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाए

बेद प्रसाद घिमिरे २०८० चैत २६ गते ११:३१ मा प्रकाशित

कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले आज मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि माओवादी संसदीय दलकाे आज विराटनगरमा बसेको बैठकले नेपाली कांग्रेस केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

माओवादीबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेती कार्की नेतृत्वको सरकारमा मन्त्री रहनु भएको थियो ।

प्रतिक्रिया