नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य नवीन राई द्वारा आर्थिक सहयोग

बेद प्रसाद घिमिरे २०८० चैत २६ गते ९:३८ मा प्रकाशित

नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले आफ्नै भवन बनाउने भएको छ । गत चैत १५ र १६ गते बसेको तरुण दलको केन्द्रिय समितीको बैठकले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको थियो । उक्त बैठकको निर्णयअनुसार आर्थिक सहयोग संकलन कार्य पनि सुरु भइसकेको छ ।

तरुण दलको आफ्नै भवन निर्माणका लागि केन्द्रीय सदस्य नविन राईले दुई लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरु रमेश गौतमले दुई लाख ६० हजार एक सय पाँच रुपैयाँ, सरोजबहादुर शाहीले दुई लाख ११ हजार एक सय ११, रत्नबहादुर महर्जनले दुई लाख एक हजार र रिता परियारले एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

भवन निर्माणका लागि हालसम्म १० लाख ३८ हजार तीन सय २७ रुपैयाँ आर्थिक सहयोग जुटेको छ । आर्थिक संकलन कार्य जारी रहनेसमेत तरुण दलले बताएको छ ।

प्रतिक्रिया