इजरायलमा सरकार विरोधी प्रदर्शनकारीहरूद्वारा नेतान्याहुको राजीनामा र चुनावको माग

इनेप्लिज २०८० चैत २४ गते २१:२१ मा प्रकाशित

इजरायलमा सरकार विरोधी प्रदर्शनकारीहरूले नेतान्याहुको राजीनामा र समयमै चुनावको माग गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा र समयभन्दा पहिले चुनावको माग गर्दै शनिबार फेरि एकपटक तेल अभिभ, सिजेरिया र हाइफाका सडकमा प्रदर्शनकारीहरू उत्रिएका छन् ।

प्रदर्शनकारीहरूले गाजामा कब्जामा राखिएका सबै इजरायली बन्धकहरूलाई रिहा गर्न पनि आह्वान गरेका छन् । जुलुसमा सहभागी भएका प्रदर्शनकारीहरुले इजरायली झण्डा फहराए र बन्धकहरूको तस्बिरसहित नारा लेखिएका प्रदर्शन चिन्ह/संकेतहरू बोकेर उनीहरूलाई जीवितै घर ल्याउन सरकारलाई आह्वान गरे।

तेल अवीवमा, प्रदर्शनकारीहरूले नेतन्याहुलिई हामी डराउँदैनौं; तपाईले देशलाई नष्ट गर्नु भयो, र ,हामी यसलाई ठीक गर्नेछौं। बन्धकहरू जिउँदै फिर्ता चाहन्छौं जस्ता नाराहरु लगाएका थिए ।

अन्य प्रदर्शनकारीहरूले “देशलाई नष्ट गर्ने र राष्ट्रलाई टुक्राटुक्रा पार्ने सरकार” भन्दै प्रदर्शन चिन्ह/संकेतहरू प्रदर्शन गरेका थिए । अर्को धव्जामा “नेतन्याहु इजरायलका लागि खतरनाक छन्।” भन्ने समेत प्रदर्शन गरिएको थियो ।

हाइफामा प्रदर्शनकारीहरूले नेतान्याहु “दोषी, दोषी, दोषी” भन्दै सरकारलाई असफल भएको बताए।

प्रतिक्रिया