युक्रेनको खार्किभ शहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा ६ जनाको मृत्यु , ११ जना घाइते

इनेप्लिज २०८० चैत २४ गते १०:५४ मा प्रकाशित

युक्रेनको खार्किभ शहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसी सेनाले रातभरि युक्रेनमा मानवरहित यान (ड्रोन) र क्षेप्यास्त्र (मिसाइल )आक्रमण गर्दा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

खार्किभ क्षेत्रका गभर्नर ओलेह सिनेहुबोभले शहरमा क्षेप्यास्त्र आक्रमणले आवासीय भवन, एउटा इन्धन चौकी (ग्यास स्टेशन), एउटा शिशु बिद्यालय (किन्डरगार्टन), एउटा कफी पसल ,एउटा पसल र निजी सवारी साधन (कार)मा क्षति पुगेको बताए।

वायुसेनाका सेनापतिका अनुसार रुसले युक्रेनमा रातभरि ३२ वटा इरानी निर्मित शाहेद ड्रोन(मानवरहित यान ) र छ वटा क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ।

युक्रेनी वायु रक्षा बलले तीन पोतभार क्षेप्यास्त्र (क्रुज मिसाइल) र २८ मानव रहित यान (ड्रोन)लाई खसालेको सेनाका आधिकारी माइकोला ओलेशचुकले एक विज्ञप्तिमा बताए। “रूसी हत्याराहरूले युक्रेनीहरूलाई आतंकित गर्न र खार्किभ र अन्य शान्तिपूर्ण शहरहरूमा आक्रमण गर्न जारी राखेका छन्,” उनले भने।

रुसी सेनाले आक्रमणको बारेमा टिप्पणी गरेको छैन, तर युक्रेनले शनिबार बिहान रुसको भ्याम्पायर क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। ती सबै १० जनालाई रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा हवाई रक्षा प्रणालीले खसालिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया