अमेरिकाको उत्तरपूर्व राज्यमा २ फिट सम्मको हिमपात ,४ लाख मानिसहरु अन्धकारमा बस्न बाध्य

इनेप्लिज २०८० चैत २३ गते १०:३१ मा प्रकाशित

अमेरिकाको उत्तरपूर्व राज्यमा २ फिट सम्मको हिमपात परेको छ भने ४ लाख मानिसहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।

भारी हिउँ र उत्तरपूर्वमा लाखौ घरहरुमा बिजुली बिच्छेद भएको छ । सिएनएनका अनुसार अमेरिका मेन र न्यू ह्याप्सरमा ४,००,००० बढी घरहरू र व्यवसायहरू शुक्रबार बिहानै देखि बिजुलीविहीन भएका छन् । अमेरिकामा गत साता मनाईएको इस्टर पर्वले उत्तरपूर्वी भागहरूमा भारी हिमपात र कडा हावा ल्याएको छ ।

व्यापक हिउले क्षेत्रलाई ढाकेको र रूखहरू र बिजुलीका खम्बाहौर सडकमा ढलेका छन् । यसले यात्रा गर्न गाह्रो बनाउने छ ।

मेन राज्यका गभर्नरले सडकबाट टाढा रहन सबैलाई आग्रह गरेका छन् । उनले बिजुली बिच्छेद भएको र हुने हुनाले सबै सतर्क बस्न र चेतावनी समेत जारी गरेका छन् । न्यू इङ्गल्याण्ड क्षेत्रमा हिउँ जम्मा १ फिट नाघिसकेको छ। भर्मन्टको मोरटाउन(शहर) तीन दिन भन्दा कममा २४ इन्च र मेनको शाप्लेगमा २१.५ इन्च हिउँ परेको छ ।

यद्यपि सबैभन्दा भारी हिउँ समाप्त भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । मेन र न्यू ह्याम्सरका ठूला क्षेत्रहरूमा धेरै इन्च हिउँ पर्ने अपेक्षा गरिएको छ। उक्त राज्यहरुमा शुक्रबार बिहान ८ बजे सम्म जाडो मौसम रहने सतर्कता जारी गरिएको छ ।

राष्ट्रिय मौसम सेवाका अनुसार “मेनको खाडीमा न्यून चापले शुक्रबार साँझसम्म हिउँ जम्मा गर्ने गरी उत्तरपूर्वी हावाहरू ल्याउनेछ,” । साथै मेनको खाडीमा शनिबारसम्म हिउँ र वर्षाको निरन्तर सम्भावना जारी रहनेछ। त्यसै गरि त्यहाँ जम्मा हुने हिउँ आज राती अर्थात् शुक्रबार समाप्त हुने सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया