अमेरिकी नौसेनामा सेवा गरेका नेपाली युवा दुर्घटना हुँदा टाउकोमा गम्भीर चोटको कारण सघन कक्षमा भर्ना,उनको सहयोगार्थ गोफन्डमी संचालनमा

इनेप्लिज २०८० चैत २३ गते ०:१० मा प्रकाशित

अमेरिकी नौसेनामा सेवा गरेका २५ बर्षिय नेपाली युवा स्तुत्य (स्टीवी )विष्ट दुर्घटना हुँदा टाउकोमा गम्भीर चोटको कारण सघन कक्षमा भर्ना भएका छन् । गोफन्डमीमा दिइएको सूचना अनुसार उनि ८ वर्षको उमेरमा परिवारसहित कानुनी रुपमा अमेरिका आएका थिए ।

उनको अवस्था निकै नाजुक तथा गंभिर भएकोले २० हजार डलरको लक्ष्य सहितको गोफन्डमी खाता संचालनमा ल्याइएको छ । अप्रिल ४ का दिन ८ बजे राती सम्म ९ हजार डलर संकलन भै सकेको छ । म्यासेज एन्भि मिडटाउन वेस्ट नामक संस्थाले खाता खोलेको हो ।

स्टीवीले न्यूयोर्कमा आफ्नो हाईस्कूल (उच्च बिद्यालय )शिक्षा पूरा गरेपछि उनि सन् २०१९ यूएस मरीन कोर्प्स( नौसेना )मा सामेल भएका थिए । उनले ५ वर्ष सक्रिय-कर्तव्य आरक्षित अधिकारी(एक्टिभ ड्युटी रिसर्भ परसोनल )को रूपमा सेवा गरेको उल्लेख गरिएको छ ।

गो फन्डमी का अनुसार जनवरी २६,२०२४ उनि आफ्ना साथीभाईहरूसँग हुँदा स्टीवी लड्दा उनको टाउको कंक्रिटमा (ठोस तथा सिमेन्ट) ठोक्किदा टाउकोमा गहिरो चोट लागेको छ । उनलाई अमेरिकाको न्यू अर्लिन्सको युनिभर्सिटी मेडिकल सेन्टर( बिश्व बिद्यालयको चिकित्सा केन्द्र) को आपतकालीन अस्पतालमा लगिएको थियो ।

त्यहाँ उनको उपचार र अनेक परीक्षणहरू पछि उनी कोमाटोज (कोमा)अवस्थामा थिए। स्टीवीलाई गम्भीर मस्तिष्क रक्तस्रावको लागि उपचार समेत गरियो।

उनलाई थुप्रै थप जटिलताहरू उत्पन्न भएका छन् । उनलाई ७ हप्ताको सघन कक्ष(आइसियु)को उपचार पछि शारीरिक हिडडुलको उपचारको लागि रिहाबिलिटेसन (पुनर्स्थापना )मा सारिएको छ ।

उनले सबैको माया ,प्रेम ,सद्भाव ,अद्भुत प्रार्थना ,शुभ आशिष र इश्वरीय चमत्कार पाएमा मात्र उनि व्हिल चेयर (पाङ्ग्रे कुर्सी)को सहारा बिना जीवन व्यतित गर्न सक्ने छन् नत्र उनि जीवन भर यसैको सहारामा गुज्रने सम्भावना रहेको जनाईएको छ । सबैलाई जे जस्तो सहयोग गर्न सकिन्छ सक्दो सहयोग गर्न आह्वान गरिएको छ ।

उनलाई सहयोग गर्न र बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :

https://www.gofundme.com/f/stewie-bistas-medical-care?attribution_id=sl:

प्रतिक्रिया