अध्यावधिक गरिएको : ताइवानमा अझै ६०० भन्दा बढी मानिसहरू फसेका ,४२ जना बेपत्ता : ४० वटा भन्दा बढी ठूला पराकम्पन

इनेप्लिज २०८० चैत २२ गते ११:२० मा प्रकाशित

अध्यावधिक गरिएको : ताइवानमा अझै ६०० भन्दा बढी मानिसहरू फसेको ४२ जना बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । ४० वटा भन्दा बढी ठूला पराकम्पनहरुको गएका छन् ।

बिहीबार ताइवानको राष्ट्रिय अग्नि संस्था (एनएफए) ले दिएको जानकारी अनुसार टापुको उत्तरी हुआलियन काउन्टीमा गएको भूकम्प पछि ६६३ जना मानिसहरु फसेका छन्।

सँस्थाका अनुसार अनुसार मृत्यु हुनेको संख्या ९ रहेको छ र १,०६७ जना घाइते भएका छन्। बुधवार २०० भन्दा बढी मानिसहरू हुआलियन काउन्टी भर आश्रयमा रहेको र १० हजार घरमा पानी नभएको जनाईएको छ ।

बुधबार पनि दर्जनौं मानिस यस क्षेत्रका खानीमा फसेका थिए। एक खानीमा ६४ जना फसेका थिए । उनीहरु सबैलाई बिहीबार दिउँसो सकुशल बाहिर निकालिएको एनएफएले जनाएको छ । त्यस्तै झोङहे खानीमा सात जना फसेका थिए भने खानीबाट ६ जनाको उद्धार गरिएको छ ।

टापुको सबैभन्दा बढी प्रभावित क्षेत्र ह्वालियन काउन्टीको ठीक दक्षिणमा ७.४ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको एक दिनपछि ताइवानमा प्रसस्त पराकम्पनहरु जारी रहेको सिएनएनले जनाएको छ ।

बिहीबार दिउँसोसम्म ताइवानको पूर्वी तटमा ४० वटा भन्दा बढी पराकम्पन गएको छ भने जसमा ६.४ म्याग्निच्युड(परिमाण)को भूकम्प पनि परेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

प्रतिक्रिया